Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  • समाचार
  • मंसिर ९, २०७९ शुक्रवार २१:०६ बजे
  • 1.7K
    SHARES
  • "सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । २०७९ मंसिर ९ गतेशुक्रबार देखि २४ गतेसम्म सञ्चालन हुनेछ । लम्कीचुहा नगरपालिका वडा नं १ मा आज शुक्रबार एक कार्यक्रमकाबीच सुरु भएको हो ।                            Screenshot_20221125-153600_Gallery.jpg          महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा लम्कीचुहा नगरपालिका भल्का , कैलालीको आयोजना र बालकल्याण संघ टीकापुर कैलाली , गुड नेर्वस , तयार नेपाल , दलित महिला अधिकार मञ्च कैलालीको सहयोगमा कार्यक्रम सुरु भएको हो ।                                                                             लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो भने विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिकाकि उप प्रमुख जुना चौधरी रहनु भएको थियो । लम्कीचुहा स्वास्थ्य शाखा प्रमुख जयन्ती विसी , समाजसेवी नन्दा शाही , स्वास्थ्य स्वयं सेविका , पार्वती बजगाई , बाफर नेपालबाट ममता रावल , बालकल्याण संघ टीकापुरका प्रतिनिधि , तयार नेपाल र दलित महिला अधिकार मञ्च नेपाल कैलालीका प्रतिनिधि र लम्कीचुहामा रहेका सरोकारवालाहरूको सहभागीता रहेको थियो ।        Screenshot_20221125-210020_Gallery.jpg                                                           समाजसेवी राज बहादुर शाहीले लैंगिक हिंसा अन्तय गर्न आत्मनिर्भर तथा रोजगारीमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा सहभागीरूले लैंगिक हिंसा अन्त्य गर्न सबैजना एक भएर लाग्नुपर्ने बताएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images