"समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जाबान सिर्जनशिलताको प्रावधान " भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल मोहन्याल गाउँपालिका अध्यक्ष दिपचन शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा जेष्ठ नागरिक सल्लाहकार सदस्य उज्जले कामी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि मोहन्याल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाही र वडा नं ७ का वडा अध्यक्ष नवराज कठायत रहनु भएको । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश सदस्य नरेन्द्र प्रसाद जैसी,नेपाली कांग्रेस पार्टीका जिल्ला कार्यसमिति सदस्य गजेन्द्र बिष्ट, नेकपा एमालेका टीका भण्डारी , कार्यपालिका सदस्य जगत भुल,वडा नं ३ का वडा सदस्य कोकिला भण्डारी र समाज सेवी नरबहादुर बटाला लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कैलालीको मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टा बजारको रुइनिकोटबाट सुरु भएको र्याली सोल्टा बजार हुँदै वडा नं ६ को कार्यालयमा पुगेर समापन भएको हो । र्यालीमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक युवा समाज सेवी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । र्यालीमा अपाङता भएका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले अपाङता भएकाहरुका लागि न्यायको माग सहित विभिन्न प्लेकार्ड बोकेका थिए ।अपाङ्ग मानव अधिकार संरक्षण केन्द्र मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टाका सचिव प्रकाश विकले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।



