Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जेसीज सप्ताह अन्तर्गत सचेतनामुलक कार्यक्रम जानकी गाउँपालिमा सम्पन्न

जेसीज सप्ताह अन्तर्गत सचेतनामुलक कार्यक्रम जानकी गाउँपालिमा सम्पन्न

  • समाचार
  • मंसिर १९, २०७९ सोमवार १९:१८ बजे
  • 2.9K
    SHARES
  • जेसीज सप्ताह अन्तर्गत सचेतनामुलक कार्यक्रम जानकी गाउँपालिमा  सम्पन्न

    कैलालीको जानकी गाउँपालिकामा लागू औषध दुर्व्यसन , साइबर क्राइम, बालबिवाह रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम जानकी गाउँपालिका वडा नं ४ मा रहेको जनता नमुना मावि र वडा नं ९ मा रहेको अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा कार्यक्रम सम्पन्न भएको छ ।      FB_IMG_1670247377239.jpg                             जानकी  जेसीजको आयोजनामा भएको कार्यक्रममा जानकी जेसीज वर्ष २०२२ का जनसम्पर्क अधिकारी भीमबहादुर थारूको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा वडा नं ४ का वडा अध्यक्ष दिपेन्द्र कठरिया रहनु भएको थियो ।          FB_IMG_1670247373438.jpg                                                      साथै अरूणोदय मावि खैरीफाँटामा जानकी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रतिनिधि , जानकी खबरका प्रबन्धकले प्रशिक्षण दिनु भएको थियो भने बालकल्याण संघ टीकापुरका प्रतिनिधि तुल्सी भाट , शिक्षक , विद्यार्थीहरू , जेसीजका प्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जेसीज वर्ष २०२२ का जनसम्पर्क अधिकारी भीम बहादुर थारूले जानकारी दिनु भएको छ ।    FB_IMG_1670247370956.jpg                                                          जेसीज सप्ताहको तेस्रो दिनको कार्यक्रम भव्य रुपमा सम्पन्न हुनुका साथै करिब ४ सय विद्यार्थीहरूको सहभागीता रहेको थियो ।FB_IMG_1670247360249.jpg

  • सम्बन्धित विषय:

  • # जेसीज

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images