Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नि:शुल्क आँखा शिविर सुरु / एकैदिन ५ सय बढीले सेवा लिए

नि:शुल्क आँखा शिविर सुरु / एकैदिन ५ सय बढीले सेवा लिए

  • समाचार
  • मंसिर २०, २०७९ मंगलवार १९:४० बजे
  • 1.7K
    SHARES
  • नि:शुल्क  आँखा शिविर सुरु / एकैदिन ५ सय बढीले सेवा लिए

    नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल , नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजना , लम्कीचुहा नगरपालिका वडा नं ३ को समन्वयमा र लिटिल स्टार्स इभी जर्मनीको आर्थिक सहयोगमा ३ दिने निशुल्क आँखा शिविर मंगलबार सुरु भएको छ । २० ,२१ , २२ गते सञ्चालन हुनेछ भने करिब ७ लाख आर्थिक रकम लाग्नेछ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौरमा रहेको जीवनदीप प्राथमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ ।    FB_IMG_1670335213922.jpg                                                    लिटिल स्टार्स इभी जर्मनीका लागि नेपाल प्रमुख निर्देशक राजन दुलालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो भने अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लव बहादुर शाही , जीवनदीप प्राथमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौधरी , बल्चौर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नन्दाराम बादी , गेटा आँखा अस्पतालका प्रमुख डाक्टर सुरेशराज पन्त , जर्मनीबाट संस्थाको प्रतिनिधित्व गर्ने मोरीज हाना , लारा सिभुल्का , इलाका प्रहरी कार्यालय चिसापानीका प्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।    FB_IMG_1670335222804.jpg                                                      कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले देखावटी गर्ने संस्थाहरू लम्कीचुहा नगरपालिकामा भित्रिन नदिने बताउनुभयो । शाहीले लिटिल स्टार्स इभी जर्मनी संस्थाले इमानदारीका साथ काम गरेको र यो संस्थालाई काम गर्ने संस्थाको रुपमा आफुले लिएको बताउनुभयो । मंगलबार पहिलोदिन करिब ५ सय जनाले सेवा लिएका छन् । Screenshot_20221206-194259_Video Player.jpg         Screenshot_20221206-194347_Video Player.jpg                                                    आँखा शिविरमा आँखाको चेकजाँच तथा उपचार , अप्रेसन , चेकजाँच गरेपछि चस्मा समेत निशुल्क दिइएको छ । लिटिल स्टार्स इभी जर्मनी संस्थाले नेपालका विभिन्न जिल्लामा समाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । यस सम्बन्धी भिडियो हेर्न पलपल अनलाइन टिभी नामक युटुब च्यानलमा हेर्न सकिनेछ ।Screenshot_20221206-182925_Video Player.jpg

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images