Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी हस्तान्तरण

सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी हस्तान्तरण

  • समाचार
  • मंसिर २५, २०७९ आइतवार १४:५७ बजे
  • 2.4K
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी हस्तान्तरण

    सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ कोवापुर निवासी स्वर्गीय धर्मराज भुलको मोटरसाइकल दुर्घटनाभई भारतको हैदरावादमा मृत्यु भएपछि बिमा बापत पाउने बीमा लाभ रकम  आइतबार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।                                      20221211_140012.jpgकैलालीको लम्कीमा रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखामा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय भलुकी पत्नी उर्मिला सार्कीलाई १६ लाख ७५ हजार बराबरको चेक रकम हस्तान्तरण गरिएको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेती र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनालले चेक रकम हस्तान्तरण गर्नु भएको हो ।                                                       चेक हस्तान्तरण कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका मार्केटिङ अफिसर तिर्थराज जैसी , एजेन्सी म्यानेजर माया कुमारी जोशी , एजेन्सी म्यानेजर नारायणी थारू , राज कुमारी चौधरी र संगिता चौधरीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । स्वर्गीय भुलले २०७७ साल भदौ ११ गते ३९ हजार २ सय ६४ रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा सरल जीवन बिमा गर्नु भएको थियो । भुलको २०७९ भदौ ३० गते भारतको हैदरावादमा दुर्घटनामा मृत्यु भएको थियो ।                                           कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रमुख गणेश प्रसाद उप्रेतीले जीवन बीमा आवश्वक भएको बताए । बिमा गर्नु भनेको बचत गर्नु तथा भविष्यमा आइपर्ने जोखिम बहन गर्ने माध्यम भएकोले बिमा गर्नु राम्रो भएको बताउनुभयो । मृत्यु दाबी भुक्तानी बापत मिलेको रकम बच्चाको पढाइमा लगाउन समेत उप्रेतीले उर्मिला सार्की समक्ष आग्रह गर्नुभयो । सानिमा लाइफका प्रदेश प्रमुख उप्रेतीले सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनीको मुख्य मिसन भएको बताउदै सबैजना सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा जोडिन आग्रह गर्नु भएको छ ।                                                                     स्वर्गीय भुलले २ किस्ता तिरेपनि तेस्रो किस्ताको बीच समयमा यो वर्षको किस्ता बापतको रकम तिर्न बाकी भएतापनि दुर्घटना लाभसहित बाकी मोलतको समय भएपनि दुर्घटना सहितको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी दिएको हो ।

  • सम्बन्धित विषय:

  • # सानिम लाइफ इन्स्योरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images