कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले नगरपालिकाको सवारी साधन तथा औजार प्रयोग गर्नु कमजोरी भएको बताएकी छन । आज सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी संग ठेक्का सम्झौता भएको घरमा नगरपालिकाको औजार प्रयोग भएको विषय आफुलाइ जानकारी नभएको प्रेस विज्ञप्ति मार्फत बताएकी छन । पत्रकार बताउने खेम ढुंगानाले गलत मनसायले भिडियो खिचेको र आफैंले हटाएको , पत्रकार बन्धकको विषयमा विभिन्न मिडियामा प्रसारण भएको समाचारमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ । आगामी दिनहरूमा थप जिम्मेवारीका साथ नगरपालिकाका जनताको सेवामा समर्पित हुने समेत नगर प्रमुख शाहीले प्रेस विज्ञप्ति मार्फत उल्लेख गर्नु भएको छ ।



