कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद धमालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा सहकारी बैंकका प्रतिनिधिहरू , अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी तथा सदस्यहरूको सहभागीता रहेको थियो । संस्थाको प्रस्तुत कार्यक्रम तथा प्रगति प्रतिवेदन व्यवस्थापक नवराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७८/ ०७९ को योजना तथा बजेट प्रस्तुत गरिएको थियो । साथै १२ औं वार्षिक साधारणसभाले अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जयन्द्र प्रसाद जैसीलाई सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेमबहादुर बिष्ट , सचिवमा प्रेमबहादुर भुल , कोषाध्यक्षमा रामबहादुर बिष्ट , सञ्चालक समिति सदस्यहरूमा विष्णुप्रसाद खनाल , केशवराज उपाध्याय , सरला कुमारी शर्मा , मनिराम जैसी , कृष्णबहादुर बिष्ट , मीन बहादुर रावल , कल्पना चौधरी सदस्य रहेका छन् भने नवराज खनाललाई लेखा सुपरिवेक्षण समितिको संयोजकमा चयन गरिएको छ भने समितिको सदस्यहरूमा शंकरप्रसाद शर्मा र प्रकाश रावत चयन भएका अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।
संस्थाको प्रधान कार्यालय कैलालीको लम्कीमा रहेको छ भने शाखा कार्यालय बौनियामा समेत रहेको छ । संस्थाले नियमित बचतकर्ता लगायत संस्थाको लागि योगदान गर्नेलाई सम्मान समेत गरेको थियो ।



