Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

नाट्टा सुदूरपश्चिम प्रदेशको बैठक पर्यटकीय क्षेत्र राजकाँडामा सम्पन्न / के-के छन् ऐतिहासिक विषय

नाट्टा सुदूरपश्चिम प्रदेशको बैठक पर्यटकीय क्षेत्र राजकाँडामा सम्पन्न / के-के छन् ऐतिहासिक विषय

  • समाचार
  • पौष २४, २०७९ आइतवार ०९:१० बजे
  • 1.3K
    SHARES
  • नाट्टा सुदूरपश्चिम प्रदेशको बैठक पर्यटकीय क्षेत्र राजकाँडामा सम्पन्न / के-के छन् ऐतिहासिक विषय

    पर्यटनको विकास गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड नाट्टाको सुदूरपश्चिम प्रदेशको मासिक बैठक कैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडामा शनिबार सम्पन्न भएको छ ।पर्यटन क्षेत्रको प्रचारप्रसार आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी उक्त ठाउँमा जाने वातावरण सृजना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बैठक गरिएको हो ।    Screenshot_20230108-091541_Gallery.jpg                               नाट्टा सुदुरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंहको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा नाट्टा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष धनन्जय जैसी , महासचिव शिवहरि पाण्डे , कोषाध्यक्ष लोकराज पाण्डे , सचिव सविता ऐर , कार्य समिति सदस्यहरू विक्रम ठक्कुला , मेखेन्द्र कुमार खत्री , किशोर खड्का त्यसैगरी नाट्टा प्रदेशका संस्थापक अध्यक्ष एवम् संरक्षक मायाप्रकाश भट्ट , वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्ट , निर्माण व्यावसायी संघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण स्वार , कार्यकारी निर्देशक ज्योति भट्ट , कैलाली उद्योग वाणिाज्य संघ कैलालीका कार्यकारी निर्देशक गोमा अधिकारी , सुदूरपश्चिम पर्यटन बोर्ड जानकी थापा , पत्रकार चन्द्र प्रसाद खनाल , बुद्ध एयर धनगढी विरेन्द्र चन्द , श्री एयर धनगढी रणसिंह ठक्कुला , स्थानीय युवा समाजसेवी कमल शाही लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।                                              FB_IMG_1673106484673.jpgसाथै सुदूरपश्चिम पर्यटन बोर्डमा सल्लाहकार समिति समेत चयन गरिएको छ भने बैठकले विभिन्न एजेन्डा पारित समेत गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिम प्रदेशमा भएका पर्यटकीय संभावना बोकेका क्षेत्रहरूको प्रचारप्रसार तथा उक्त क्षेत्रमा पर्यटक कसरी भित्र्याउने भन्ने विषयमा छलफल समेत भएको थियो । पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सकेको खण्डमा प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।      Screenshot_20230108-091549_Gallery.jpg               कैलालीको मोहन्याल गाउँपालिकाको वडा नं ७ मा रहेको राजकाडालाई समेत पर्यटकीय गन्तव्य बनाउन पहल तथा प्रचारप्रसार गर्ने , राजकाडामा भएका ऐतिहासिक संरचनाको संरक्षणमा ध्यान दिएर त्यहाँका धुलिकोट दरबार , गुफा , टुंडिखेल , राजाले पानी खाने कुवा , कोल , कैदी सराउने भिर , शिव मन्दिर , मालिका मन्दिर हात्ती ढुंगा , हात्ती खाल , भैरवथान लगायतका पर्यटकीय संभावना बोकेका क्षेत्रहरू रहेका छन् । धुलिकोटे राजा बाइसे / चौबीसै राजाको पालमा शाशन गरेको भन्ने रहेको छ ।Screenshot_20230107-202709_Video Player.jpg

  • सम्बन्धित विषय:

  • # पर्यटन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images