Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा

बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा

  • समाचार
  • पौष २६, २०७९ मंगलवार १९:३५ बजे
  • 700
    SHARES
  • बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा

    कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ" भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।                                               विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेलाको आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक रामनारायण थारुले जानकारी दिए । यहाँ माघीमा परापुर्ब काल देखिनै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”                                                       बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने मेलाका प्रचारप्रसार तथा मिडिया संयोजक टीकाराम साउँदले बताए । साउँदले परापूर्व काल देखीको पौराणीक महत्व वोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए । मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकिहरु प्रदर्शन गरिने सास्कृतिक संयोजक गोविन्द बमले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’ माघी मेलाको उद्घाटन समारोहमा स्थानिय कलाकार देखि राष्ट्रिय र भारतीय नौटङ्गी लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।                                                  कार्यक्रमको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने समेत आयोजकले जनाएको छ । बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ । बर्दगोरीयामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ । करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बने तयारीमा रहेका छन्। बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ ।                                                                              पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् । बौनियाँ बजार व्यवस्थापन समितिले २०६७ सालमा पहिलो पटक यस क्षेत्रलाई चिनाउँन बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आयोजना गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # धर्मसंस्कृति

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images