Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्की जेसीजको २३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लम्की जेसीजको २३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • समाचार
  • माघ ७, २०७९ शनिवार १९:४९ बजे
  • 802
    SHARES
  • लम्की जेसीजको २३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

         लम्की जेसीज लम्कीको २३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम लम्की जेसीज हलमा शनिबार सम्पन्न भएको छ । लम्की जेसीज वर्ष २०२२ का अध्यक्ष नेत्रप्रसाद जैसीले बर्ष २०२३ का अध्यक्ष रजबहादुर थापालाई पद तथा जेसीज माला हस्तान्त्रण गदै आज शनिबारदेखि नयाँ कार्यसमितिले पदभार ग्रहण समेत गरेको छ ।      VideoCapture_20230121-195356.jpg                                 पहिलो सत्रको कार्यक्रमको अध्यक्षता नेत्रप्रसाद जैशी र दोस्रो सत्रको अध्यक्षता रजबहादुर थापाले गरेको २३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा लम्कीचुहा नगरपलिकाकी नगर प्रमुख सुशिला शाही प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो ।      VideoCapture_20230121-195323.jpg                                           कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीले आफुले मञ्चमा उभिएर यहीँ लम्की जेसीज बाट सिकेको बताउदै जेसीज नेतृत्व र ब्यक्तित्वको विकासका प्रशिक्षण केन्द्र भएको बताउनु भयो । ।              VideoCapture_20230121-195549.jpg                                                        कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपलिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनालले संक्रमणकालीन अवस्थामा समेत अग्रज नेतृत्वहरूले लम्की जेसीको स्थापना गरि यस क्षेत्रका हरेक व्यक्तिहरूलाई समावेश गरेर सबैलाई बोल्ने कला सिकाउने माध्यम जेसीज भएको बताउनुभयो ।          Screenshot_20230121-195616_Gallery.jpg                                              कार्यक्रममा लम्की जेसिजका पदाधिकारी, लम्की जेसिजका संस्थापक, पुर्ब अध्यक्ष तथा पदाधिकारी, छिमेकी शाखाका शाखा अध्यक्ष तथा पदाधिकारी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रित गरेर मायाको चिनो तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।VideoCapture_20230121-195926.jpg                                                Screenshot_20230121-195907_Gallery.jpg पौष २७ गते सम्पन्न लम्की जेसीजको चुनावी अबिधेशन बाट बर्ष २०२३ को लागि अध्यक्षमा रजबहादुर थापा, कार्यकारीणि उपाध्यक्षमा भुपेन्द्र तिमिल्सैना र बसन्ती बलामी मगर, उपाध्यक्षमा भरतराज खनाल, लोकेन्द्र कठायत, मिलन बहादुर बटाला, देवीराम जैशी निर्बाचित हुनुभएको थियो भने अध्यक्ष रज बहादुर थापाले महासचिवमा केशव शर्मा र कोषाध्यक्षमा दिपक कठायतलाई मनोनीत गरिसक्नु भएको छ ।VideoCapture_20230121-194252.jpgScreenshot_20230121-195900_Gallery.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images