कैलालीको लम्कीचुहा नगरपालिकामा ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर १ राजिपुरबाट लम्कीचुहा नगरपालिका वडा नं ३ बस्ने विजय मल्लको साथबाट ३२ ग्राम ५९० मिलिग्राम अवैध ब्राउन सुगरसहित बुधबार दिउँसो ४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । मल्लको साथबाट ३२ ग्राम ५९० मिलिग्राम अवैध लागू औषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भएको छ ।



