Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न

  • समाचार
  • माघ १५, २०७९ आइतवार ०६:०३ बजे
  • 817
    SHARES
  • पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमराज जैशीको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी रहनु भएको थियो । बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी र वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो ।                                                           संस्थाका सदस्य दिपक कुमार तिमिल्सेनाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा सहकारी बैंकका सञ्चालक सदस्य शिवा थापा, नवदय सहकारीका अध्यक्ष दिल्लीप्रसाद गडतोला, किसान बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाह, लम्कीचुहा खानेपानी महासंघका अध्यक्ष विष्णुप्रसाद खनाल लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा समाजसेवी , बुद्धिजीवी , विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहेका थिए । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा खुद नाँफा १९ लाख १६ हजार ५ सय ८९ रुपैयाँ १३ पैसा बराबर कमाउन सफल भएको संस्थाले जनाएको छ । यस्तै सञ्चालक समितिको अध्यक्षमा पदमराज जैसी निर्विरोध निर्वाचित हुनु भएको छ भने संस्थाको उपाध्यक्षमा मदनराज न्यौपाने , सचिव दिपक कुमार तिमिल्सेना , कोषाध्यक्षमा जानकी सञ्ज्याल निर्विरोध निर्वाचित हुनु भएको छ । सञ्चालक समिति सदस्यहरूमा लक्ष्मीप्रसाद देवकोटा , युवराज न्यौपाने , पुष्पराज ढकाल , निर्मलादेवी शर्मा जैसी , ललित्रादेवी रोकाय निर्विरोध निर्वाचित भएका छन् भने लेखा समितिको संयोजकमा कृष्णप्रसाद सञ्ज्याल र सदस्यमा चन्द्रप्रसाद खनाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक झनकराज तिमिल्सेनाले जानकारी दिनु भएको छ ।                                                                                  नयाँ निर्वाचित कार्य समितिलाई शनिबार नै प्रमाणपत्र तथा सपथ ग्रहण गराइएको संस्थाका व्यवस्थापक चन्द्रकान्त खनालले जानकारी दिनु भएको छ । कार्यक्रमको सञ्चालन पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चन्द्रकान्त खनालले गर्नुभएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images