Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आफ्नै आमाको हत्या गर्ने बागमाराका फरार थारू पक्राउ

आफ्नै आमाको हत्या गर्ने बागमाराका फरार थारू पक्राउ

  • समाचार
  • माघ १७, २०७९ मंगलवार १०:३६ बजे
  • 1.0K
    SHARES
  • आफ्नै आमाको हत्या गर्ने बागमाराका फरार थारू पक्राउ

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ६ बागमारा मुक्त कमैया शिबिरमा छोराले आमाको हत्या गरेका छन् । सोमबार राति करिब ११:४५ बजेको समयमा सहोदर छोरा ४१ वर्षीय श्रीराम थारूले ७१ वर्षीया आमा लगनीदेवी थरुनीको बन्चरो प्रहार गरि हत्या गरेका इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।                                                                        बन्चरो प्रहार बाट लगनिको कम्मर र खुट्टामा गम्भीर चोट लागेका कारण उपचारका लागि नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।                                                                       मंगलबार बिहान ८:४५ बजेको समयमा उनका छोरा रामलाल थारूले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी दिएपछि खोज तलासका क्रममा घरबाट करिब ८ किलोमिटर टाढा लुकेर बसेको समयमा श्रीराम थारूलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिइ सकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images