Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जनकल्याण सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न

जनकल्याण सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • माघ २१, २०७९ शनिवार २०:४९ बजे
  • 1000
    SHARES
  • जनकल्याण सामुदायिक वनको १७ औं वार्षिक साधारणसभा सम्पन्न

    जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारणसभा शनिबार वनको प्राङ्गणमा सम्पन्न भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ , ५ र जानकी गाउँपालिका वडा नं ५ का उपभोक्ताहरू वनमा आबद्ध रहेका छन् ।                    Screenshot_20230204-204210_Gallery.jpgजनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो । विशिष्ट अतिथिमा जानकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भीमबहादुर चौधरी र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कैलालीका अध्यक्ष कर्णबहादुर रावल रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ का कार्यपालिका सदस्यहरू तथा वडा सदस्यहरू , जानकी गाउँपालिका वडा नं ५ का कार्यपालिका सदस्य , पुर्व जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरू , शिक्षाप्रेमी , समाजसेवी , वनका पुर्व तथा वर्तमान पदाधिकारीहरू , उपभोक्ताहरू तथा सञ्चारकर्मीको सहभागीता रहेको थियो ।                                        VideoCapture_20230204-204408.jpgजनकल्याण सामुदायिक वनकी उपाध्यक्ष बसन्ती डगौरा थारूको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सामुदायिक वनका सदस्य प्रेम प्रसाद खनालले गर्नु भएको थियो । कार्यक्रममा जनकल्याण सामुदायिक वनका लेखा संयोजक प्रयागराज खनालले आर्थिक वर्ष २०७८ श्रावण १ गतेदेखि २०७९ अषाढ मसान्तसम्मको आयव्यय विवरण पेश गर्नु भएको थियो । प्राप्ति रकम ४६ लाख ३४ हजार १ सय ७५ रुपैयाँ १२ पैसा र भुक्तानी रकम ४६ लाख ३४ हजार १ सय ७५ रुपैयाँ १२ पैसा बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनमा उपभोक्ताहरूले असहमति जनाउँदै विरोध समेत जनाएका थिए ।        Screenshot_20230204-204603_Facebook.jpg                                                      साथै साधारणसभाबाट नयाँ कार्य समिति चयन गरिनेछ । वर्तमान समिति स्वतः विघटन भएकाले नयाँ कार्य समिति सहमति सहित चयनका लागि आगामी शुक्रबार सम्मका लागि टोलबाट पठाउने कार्यतालिका प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक लक्ष्मण प्रसाद रेग्मीले बताउनु भएको छ ।      FB_IMG_1675511665866.jpg                               


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images