Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

माघी मिलन कार्यक्रमका विषयमा छलफल सहित भलमन्साहरूको भेला सम्पन्न

माघी मिलन कार्यक्रमका विषयमा छलफल सहित भलमन्साहरूको भेला सम्पन्न

  • समाचार
  • माघ २३, २०७९ सोमवार २०:३१ बजे
  • 934
    SHARES
  • माघी मिलन कार्यक्रमका विषयमा छलफल सहित भलमन्साहरूको भेला सम्पन्न

    कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका भलमन्साहरूको भेला कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ७ को कार्यालयमा सम्पन्न भएको छ । माघी मिलन कार्यक्रमका विषयमा छलफल गरिएको लम्कीचुहा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भगवानदीन चौधरीले बताउनु भएको छ ।                                                    received_1183648905594436.jpeg ३ दिनसम्म हुने माघी मिलन कार्यक्रम फागुन ५ गते उद्घाटन , फागुन ६ गते सांस्कृतिक कार्यक्रम र ७ गते समापन कार्यक्रम रहेको वडा अध्यक्ष चौधरीले बताए । लम्कीचुहा नगरपालिका भल्का कैलालीको प्रबर्द्धन तथा वडा नं ७ को समन्वयमा कार्यक्रम हुने भएको छ ।      received_1803584766676027.jpeg                                                सोमबार भएको छलफलमा लम्कीचुहा नगरपालिका भित्र रहेका ४९ जना भलमन्साहरूको सहभागीता रहेको थियो । थारू समुदायको पहिलेदेखि चलि आएको संस्कृति परम्परालाई संरक्षण एवम् निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा नं ७ का वडा सदस्य प्यारेलाल चौधरीले बताउनुभएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय थारू कलाकारहरूको प्रस्तुति रहनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images