हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीचुहा नगरपालिका वडा नं १ लम्की , कैलालीको आयोजनामा १ दिने नि: शुल्क आँखा चेकजाँच शिविर मंगलबार सम्पन्न भएको छ । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष , संस्थाका सचिव राज बहादुर शाही , कोषाध्यक्ष पवित्रा विश्वकर्मा लगायत सञ्चालक समिति सदस्य , शेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सयजना बढीले आँखा सम्बन्धी चेकजाँच उपचार सेवा लिएका हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्धक इन्द्र प्रसाद ढकालले जानकारी दिनु भएको छ । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कार्ययोजना तथा १६ औं वार्षिक साधारणसभाको निर्णय अनुसार नि:शुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले नि:शुल्क आँखा शिविर सञ्चालन गरेर राम्रो काम गरेको बताउनुभयो । सहकारीले समाजमा राम्रो काम गर्न सक्छ भन्ने उदाहरण हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले गरेको बताउनुभयो । आँखा सम्बन्धी चेकजाँच तथा उपचार गरेका मोतियाबिन्दु भएकाहरूलाई फागुन ३ गते भुरीगाउँमा नि:शुल्क शिविर बस्ने र उक्त शिविरमा गएर उपचार गर्न सक्ने प्रबन्धक ढकालले बताउनुभयो । कार्यक्रमलाई सफल पार्न सञ्चालक समिति , शेयर सदस्य , उपसमिति , तिलगंगा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई प्रबन्धक ढकालले धन्यवाद समेत व्यक्त गर्नु भएको छ । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान विभिन्न कार्यक्रम गर्दै आएको छ ।



