करदाता सेवा कार्यालय लम्की कैलालीको स्वीकृत वार्षिक कार्यक्रम करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । माघ २६ गते बिहीबार (भोली ) बिहान ८ बजे लम्की जेसीज हलमा कार्यक्रम हुने र उक्त कार्यक्रममा लम्कीचुहा नगरपालिकाका व्यापारी तथा व्यावसायीहरू सहभागी भइदिन हुन करदाता सेवा कार्यालय लम्कीका निमित्त कर अधिकृत निकेश रावलले बताउनु भएको छ । कर सम्बन्धी जानकारी मुलक कार्यक्रम हुने भएकाले सबै लम्कीचुहा नगरपालिका भित्रका व्यावसायीलाई उपस्थित भइदिन हुन समेत अधिकृत रावलले अनुरोध गर्नु भएको छ ।



