करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम कैलालीको लम्कीमा बिहीबार सम्पन्न भएको छ । करदाता सेवा कार्यालय लम्की कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
लम्की जेसीज हलमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही , आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गौरी शंकर उपाध्याय , आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत विदुर चुडाल , करदाता सेवा कार्यालय लम्कीका निमित्त कर अधिकृत निकेश रावल , लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं लगायत लम्कीचुहा नगरपालिकामा रहेका व्यापारी तथा व्यावसायीहरूको सहभागीता रहेको थियो । करदाता सेवा कार्यालय लम्कीका निमित्त कर अधिकृत निकेश रावलले कर सम्बन्धी जानकारी , ऐन तथा नियमावली , करदाताले समयमै नियमित कर तिर्नुपर्ने लगायत कर सम्बन्धी कार्यक्रममा जानकारी गराइएको थियो ।



