सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने बताइएको छ । सभा सम्मेलन , उद्घाटन जस्ता औपचारिक कार्यक्रममा केही समयका लागि सहभागी नहुने सुचना प्राप्त भएको छ । कार्यालय काममा सहभागी हुनुपर्ने कार्यक्रम बाहेक कुनै औपचारिक कार्यक्रममा सहभागी नहुने स्रोतले बताएको छ । मुख्यमन्त्री शाहले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।



