Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्की बहुमुखी क्याम्पसको १२ औं वार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन्न

लम्की बहुमुखी क्याम्पसको १२ औं वार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन्न

  • समाचार
  • फाल्गुण २, २०७९ मंगलवार २१:५१ बजे
  • 889
    SHARES
  • लम्की बहुमुखी क्याम्पसको १२ औं वार्षिक साधारणसभाको उद्घाटन सत्र  सम्पन्न

    लम्की बहुमुखी क्याम्पस लम्की कैलालीको १२ औं वार्षिक साधारणसभाको उद्घाटन सत्र मंगलबा सम्पन्न भएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बखत बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा सुदुरपश्चिम प्रदेशसभा सदस्य टीका थापा रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख जुना चौधरी रहनु भएको थियो ।                                                          क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनु भएका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाहीको स्वागत मन्तव्यसंगै भएको कार्यक्रममा यस क्षेत्रका बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरू , समाजसेवी , बुद्धिजीवी , शिक्षाप्रेमी , विद्यार्थीहरूको सहभागीता रहेको थियो ।                                                                कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले क्याम्पसको गुणस्तरीय शिक्षा र क्याम्पसको हितका बारेमा सबै गम्भीर हुनु पर्ने र सर्वसम्मत व्यवस्थापन समिति चयन गर्नुपर्नेमा जोड दिएका थिए ।                                                   साधारणसभाबाट क्याम्पस व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्व चयनका लागि सदस्यता विवाद भने कायमै छ । यस बारेमा टुङ्गो अझै लाग्न सकेको छैन । कार्यक्रमको सञ्चालन लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अम्मर रावलले गर्नु भएको थियो भने लोकेश खनालले समेत गर्नु भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images