स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ मोहन्याल गाउँपालिका वडा नं ७ कारुवा कैलालीको आयोजनामा वडाध्यक्ष कप खेलकुद कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । श्री त्रिवेणी माध्यमिक विद्यालय मोहन्याल ७ बढीगाउँ कैलालीमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज कठायतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कांग्रेस मोहन्याल गाउँपालिकाका सभापति कमल बहादुर साउँद रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा मोहन्याल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नवीन गिरी , वडा नं ६ का वडा अध्यक्ष कृष्णबहादुर शाही रहनु भएको थियो । अतिथिमा मोहन्याल गाउँपालिका वडा नं ७ का पुर्व वडा अध्यक्ष खर प्रसाद अधिकारी , वडा नं ७ का वडा सचिव तिर्थ बहादुर बोहरा , त्रिवेणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर रावल , भैरव आधारभूत विद्यालय नौलाकोटका प्रधानाध्यापक नरेन्द्र थापा , वडा सदस्यहरू , विद्यालयका प्रधानाध्यापक , अभिभावकहरू , राजनैतिक दलका प्रतिनिधिहरू , समाजसेवी , बुद्धिजीवी , शिक्षाप्रेमी , विद्यालयका विद्यार्थीहरू , पत्रकारहरूको सहभागीता रहेको थियो ।
३ दिनसम्म सञ्चालन हुने खेलहरूमा रिले , थ्रो , हाइजम्प, दौड प्रतियोगिता लम्जम्प खेलहरू सञ्चालन भइरहेका छन् । त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दानबहादुर बोहराको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रामनाथ जैसीले गर्नु भएको थियो । खेलकुद प्रतियोगितामा ८ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।
प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर साउँदले मोहन्याल गाउँपालिकाकाले खेलकुदको क्षेत्रमा विशेष ध्यान दिएको बताउनुभयो । खेलकुदका माध्यमबाट जिल्ला , प्रदेश , केन्द्रसम्म चिनाउन सक्ने भएकाले खेल क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएको बताउनुभयो । उपाध्यक्ष साउँदले मोहन्याल गाउँपालिकाको समग्र विकास निर्माण कार्यमा आफू निरन्तर लागेको बताउनुभयो । विद्युत् , सडक , जग्गा नापी जस्ता महत्त्वपूर्ण कामहरू आफ्नो निरन्तर प्रयासमा सफलता तर्फ अगाडि बढेको बताउदै साउदले मोहन्याली जनताको सेवामा निरन्तर सेवक भएर लाग्ने बताउनुभयो ।
भिडियो पलपल अनलाइन टिभी युटुब च्यानल तथा पलपल अनलाइन मिडियाको फेसबुक फेजमा हेर्न सक्नुहुनेछ ।



