ज्ञानोदय एकाडेमी विद्यालय जानकी गाउँपालिका वडा नं ६ को १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
ज्ञानोदय एकाडेमी विद्यालयका गुठियार प्रमुख लालबहादुर साउदको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष इन्द्र चौधरी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा जानकी गाउँपालिका कार्यपालिका सदस्य नरबहादुर कुमाल रहनु भएको थियो । कार्यक्रममा अतिथिमा जानकी गाउँपालिकाका वडा सदस्यहरू पंछीराम चौधरी , रेनुका चौधरी , राष्ट्रिय माध्यमिक विद्यालय पाताभारका प्रधानाध्यापक प्यारेन्द्र प्रसाद न्यौपाने , शिवशक्ति सामुदायिक वन उपभोक्ता समुह उपाध्यक्ष नवराज न्यौपाने , कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समुह प्रतिनिधि , जगतपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नीर बहादुर शाह , रानीटप्पा सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि , न्यु त्रिपुरा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष जित बहादुर शाह , बालज्योति आ.वि. का प्रतिनिधि , जगतपुर खानेपानी संस्थाका अध्यक्ष भगवतीदास चौधरी , लम्कीपुरका बडघर रेसमलाल चौधरी , वड्कापुरका बडघर वीर बहादुर चौधरी ,अम्मरपुरका बडघर धनराज न्यौपाने , समाजसेवीहरू देव बहादुर शाह , नन्दाराम न्यौपाने , गौरीकान्त न्यौपाने , रमेश सार्की , प्रेम सुनार , बुद्धिराम चौधरी , नौले साउद , मोती चौधरी , मानादेवी रावल , मालती चौधरी , टीकापुर बहुमुखी क्याम्पसका उपप्रध्यापक इन्द्रलाल चौधरी अतिथि रहनु भएको थियो ।
त्यसैगरी गुठियार सदस्यहरू चन्द्रकान्त खनाल , दुर्गाप्रसाद ओझा , देव बहादुर साउद , भरत बहादुर शाह , दानबहादुर सोडारी , मानसिंह भुल , बासुदेव देवकोटा रहनु भएको थियो । त्यसैगरी स्वास्थ्य स्वयंसेविका कमला चौधरी , प्रिया चौधरी , चन्की चौधरी , विना कडायत , कलाकार हेमराज अधिकारी ( खन्टे खलास ) लगायत समाजसेवी , बुद्धिजीवी , विभिन्न संघसंस्थाका प्रतिनिधि , ज्ञानोदय एकाडेमी विद्यालयका अभिभावक , पत्रकार , शुभचिन्तकहरूको सहभागीता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक ध्रुवराज न्यौपानेले विद्यालयका शैक्षिक गतिविधिका बारेमा कार्यक्रम जानकारी गराउनु भएको थियो ।
ज्ञानोदय एकाडेमीमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न विधाका पुरस्कार समेत वितरण गरिएको थियो । खेल , विद्यालयका कक्षा प्रथम , द्वितीय , तृतीय , विद्यालय प्रथम , सरसफाइ लगायत विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिएको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले उत्कृष्ट नृत्य तथा विभिन्न प्रतिभाहरू समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले ज्ञानोदय एकाडेमी विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थीहरूले राम्रो प्रगति गरेका र अन्य विद्यालयमा समेत गएर राम्रो नतिजा ल्याएकाले आगामी दिनहरूमा समेत विद्यालयको प्रगति , उन्नति र सफलताको शुभकामना व्यक्त गरेका थिए ।



