कैलालीको गौरीगंगा नगरपालिका वडा नं-६ ,बनबेहडा आधारभुत स्वास्थ केन्द्रद्वारा एक दिने हात्तिपाईले रोग विरुद्धको वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिका वडा नं-६ का वडा अध्यक्ष टेक बहादुर कुँवरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निबर्तमान वडा अध्यक्ष कमला शर्मा, सामुदायिक मेलमिलाप केन्द्र गौरीगंगा नगर संयोजक हेमन्त राज जोशी ( बाजे), रानिफाँटा सा.ब. उपभोक्ता समूहका अध्यक्ष चक्र बोगटी,वडा सदस्य सियाराम चौधरी,अमर मा. वि. का अध्यक्ष टिकाराम शर्मा,बिणा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष पुरन सिं कडायत,दृस्टी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष वीर बहादुर शाह र बिणा बिद्या मन्दिरका प्र.अ. दल बहादुर बोगटी लगायतकाले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, औषधी कसरी खुवाउने र उक्त अभियानलाई सफल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । हात्तीपाईलेको औषधी सेवनले पार्ने सामान्य असर सहित सो रोगबारे विभिन्न नकारात्मक भ्रम चिर्न समाजसेवी,बुद्धिजीवी,विभिन्न संघ-संस्थाका प्रतिनिधिको महत्त्वपूर्ण भुमिका हुने भएकाले यो कार्यक्रम गरिएको आधारभुत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्यायले जानकारी दिनु भएको छ। कार्यक्रममा २० जना विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। फाल्गुन ११ गतेदेखि १३ गते सम्म औषधी खुवाउने कार्यक्रम रहेको छ।



