कैलालीको मोहन्याल गाउँपालिकामा निस्सा वितरण कार्य आज सोमबारबाट सुरु गरिएको छ । मोहन्याल गाउँपालिकाका ७ वटै वडामा निस्सा वितरण कार्य सुरु भएको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउदले जानकारी दिनु भएको छ । चुनावमा बोलेका प्रतिबद्धता पुरा गर्नुको साथै तत्कालीन अवस्थामा साउद कार्वाहक अध्यक्षको भुमिकामा हुँदा भुमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायसँग पटकपटक भेटेर मोहन्याल गाउँपालिकामा भुमिहिन दलित , भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका सन्दर्भमा कुराकानी गर्नु भएको थियो । जिल्ला भुमि आयोगसँग सहकार्य गर्दै पहिलो चरणको साविक सुगरखालमा प्रमाणित नभएका नक्साहरू पास गरिनेछन् । अब नक्सा पास भएसँगै कित्ताकाट , बैंकिङ कारोबार लगायतका कारोबार गर्न सकिनेछ । जग्गा प्रमाणित भएको , निस्सा वितरण र भोलि मंगलबारदेखि मोहन्याल गाउँपालिकाको पितमारी चिसापानीबाट कोअडिनेट प्वाइन्ट विस्तार गरिनेछ । उपाध्यक्षमा चुनाव जितेपछि निरन्तर यस कार्य सफलताको लागि अहोरात्र खटी सबैसँग समन्वय गरी त्यसको प्रतिफलमा जिल्ला भूमि आयोगको बोर्ड मिटिङले मोहन्याल गाउँपालिका भित्रका नापी भएका तर नक्सा प्रमाणित नभएका जग्गाहरुको नक्सा प्रमाणित गरेको छ । यसअघि मोहन्याल गाउपालिका भित्रको भुमि सम्बन्धि समस्या जुन जग्गा नापी भएका थिए । नक्सा प्रमाणित भएका थिएनन् । कित्ताकाट गर्न नसकिने जस्ता यथावत समस्याले उक्त पुर्जालाइ कुनै पनि बैंक वा भुमिको कित्ताकाट गर्ने जस्ता समस्या थियो । अहिले मोहन्याल गाउँपालिकाका उपाध्यक्ष एवम तत्कालीन कार्यवाहक अध्यक्ष कमल साउद भएको समयमा समस्या समाधानको लागि पहल गर्नुभएको थियो ।



