टिभिए माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्सकाे आयाेजना तथा लम्की क्षेत्रका लागि आधिकारिक बिक्रेता जानुका एण्ड सन्सकाे संयाेजनमा आज (फाल्गुन १३ गते) शनिबार लम्की देखि घाेडाघाेडि ताल सम्म एओजि राईड सम्पन्न भएको छ। लम्कीमा बढ्दै गरेको टिभिएसकाे बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर बिक्रम बाेहराले जानकारी दिए। लम्कीमा टिभिएसकाे आधिकारिक बिक्रेताकाे रुपमा काम गरेकाे ३ बर्षकाे दाैरानमा यस किसिमकाे राईड सम्पन्न गराउन पाउँदा निकै प्रफुल्ल रहेकाे लम्की टिभिएसका संचालक संजय बुढाथोकीले बताउनुभयो । एओजि राईड अपाचे बाईक राईडरहरुकाे कम्युनिटि बिल्डिङ्ग गर्नकाे लागि भनेर तयार गरिएको संस्था हाे। यसमा अपाचेका राईडरहरु मात्रै समावेश हुन पाउँछन्। सुदुरपश्चिम क्षेत्रका एओजि मार्सल रुपस बिककाे नेतृत्वमा लम्की देखि घाेडाघाेडी तालसम्म शान्तिपूर्ण वातावरणमा एओजि राईड सम्पन्न भएकाे छ। साथै सुदुर पश्चिमका टिकटक स्टार लाेकेस पाल ठकुरिकाे सहभागीताले राईड पश्चातका कार्यक्रमहरु निकै मनाेरन्जनात्मक रहेकाे संचालक बुढाथाेकीले जनाए। पहिलाे राईड बाट हाैसिएका राईडरहरुले नाईट राईडकाे लागि आग्रह गरेका थिए। हाल नेपाली बजारमा अपाचेकाे ५ वटा सिरिज बिक्रि भई रहेका छन। हाल मात्रै ईओजिकाे अन्तरास्ट्रिय राईड नेपाल देखि भारतकाे गाेवा सम्म नाै जना राईडर सहितकाे टिम ६५०० किमि यात्रामा रहेको छ।



