Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दगोरियामा पत्रकार टिकाराम साउद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

बर्दगोरियामा पत्रकार टिकाराम साउद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

  • समाचार
  • फाल्गुण १५, २०७९ सोमवार २०:५२ बजे
  • 1.2K
    SHARES
  • बर्दगोरियामा पत्रकार टिकाराम साउद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

    कैलालीका पत्रकार टिकाराम साउदलाई समाचार प्रसारण गरेको भन्दै आज सोमबार दुई घण्टा नियन्त्रणमा लिइएको छ । जिल्लाको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार सङ्कलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका हुन् । प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएका उनीहरूले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए । केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो ।                                                                                  पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी ट्रेडिङमा आवश्यक कागजात समेत फेला नपरेको बताए । पत्रकार साउँदे आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन् । आज साउद सहित पत्रकार रमेश बम लोकसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएका थिए ।                                                           उनीहरू फर्किसकेपछि साउदलाई नियन्त्रणमा लिइएको थियो । उक्त घटनालाई पत्रकार महासङ्घले पनि भर्त्सना गरेको छ । पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन् । समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासङ्घ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images