राष्ट्रिय स्वतन्त्र पार्टी लम्कीचुहाको नगर भेला कैलालीको लम्कीमा शनिबार सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको उपस्थितिमा नगर कार्य समिति गठन गरिएको छ । लम्कीचुहा नगर कार्य समितिको सभापतिमा प्रतापसिंह थापा निर्विरोध चयन हुनु भएको छ।
उपसभापतिमा निलम शर्मा , सचिवमा भरतराज जोशी , कोषाध्यक्ष युवराज शर्मा , सदस्यहरूमा कृष्णप्रसाद धमाला , राहुल विक , हरिहर आचार्य , निशान भाट सदस्य रहेका छन् । शिक्षकबाट अवकाशप्राप्त भएका थापा समाजसेवा तथा राजनीतिलाई सेवा गर्न सभापति भएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश तथा कैलाली जिल्लाका नेताहरूको सहभागीता रहेको थियो ।



