Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लिटिल स्टार्स जर्मनीको आर्थिक सहयोगमा नुवाकोटमा नि:शुल्क आँखा शिविर सञ्चालन

लिटिल स्टार्स जर्मनीको आर्थिक सहयोगमा नुवाकोटमा नि:शुल्क आँखा शिविर सञ्चालन

  • समाचार
  • फाल्गुण २८, २०७९ आइतवार १९:४५ बजे
  • 709
    SHARES
  • लिटिल स्टार्स  जर्मनीको आर्थिक सहयोगमा नुवाकोटमा नि:शुल्क आँखा शिविर सञ्चालन

    लिटिल स्टार्स जर्मनीको आर्थिक सहयोग तथा नुवाकोट आइ. केयर सेन्टर प्रालिको सहकार्यमा नेपाल बालबालिका सहायता कार्यक्रमले नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नं ४ स्थित विद्यालयहरूमा आज २८ गते आइतबार र २९ गते सोमबार नि:शुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।IMG_20230312_185431_597.jpg

    शिविरको पहिलो दिन आज आइतबार ४ सय जनाको आँखा परीक्षण गरिएकोमा ५० जना आँखाका रोगीहरूलाई नि:शुल्क औषधी तथा चस्मा वितरण गरिएको लिटिल स्टार्स इभी जर्मनीका लागि नेपाल प्रमुख निर्देशक राजन दुलालले जानकारी दिनु भएको छ ।IMG_20230312_192009_703.jpg

    जिल्ला सदरमुकाम विदुरबाट टाढा रहेका र आँखा रोग सम्बन्धी समस्या भएका र विशेषगरि बालबालिकाहरूका आँखा सम्बन्धी रोगहरू जटिल बन्ने समस्यालाई मध्यनजर गरि आँखा रोगको परीक्षण तथा नि:शुल्क औषधी वितरण र चस्मा वितरणबाट समस्या समाधान हुन सक्ने आयोजकको विश्वास रहेको छ ।IMG_20230312_185037_452.jpgIMG_20230312_185037_452.jpg

    केही विद्यार्थीहरूमा विद्यमान आँखाको कमजोरीका कारण पठपाठन समेत प्रभावित भएकोमा उपचार पश्चात् सिकाइ प्रक्रियामा सहज हुने विद्यालयका सहायक प्रधानाध्यापक गोकर्ण नेपालले बताउनु भएको छ ।

    विगत २५ वर्षदेखि नेपालका विभिन्न क्षेत्र शिक्षा ,स्वास्थ्य , खानेपानी तथा सीप विकासका विषयमा काम गर्दै आएको संस्था लिटिल स्टार इभीले म्यागङ गाउँपालिका किम्ताका २ वटा विद्यालयहरूमा परीक्षणको रुपमा आँखा शिविर सञ्चालन गरि नि:शुल्क चस्मा वितरण गरिएको संस्थाका चियरम्यान जर्मन नागरिक बोडो बेर्निकेले बताएका छन् । लिटिल स्टार्स इभी जर्मनी संस्थाले यस्तै नि:शुल्क आँखा शिविर अन्य ठाउँमा सञ्चालन गरेमा राहत हुनेछ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images