निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड लम्की शाखा कैलालीले लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानीमा लघुकर्जा बिमा क्षतिपूर्ति बिहीबार वितरण गरिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नं ३ का झुमा शाहीलाई २ लाख ५८ हजार ( कर्जा समेत मिनाहा गरिएको छ । यस्तै लक्ष्मी शाहीको श्रीमान रवि लिगलको काजकिरिया खर्च ४२ हजार , चिना कुमारी शाहीलाई ५ हजार रुपैयाँ राहत वितरण गरिएको निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेड लम्की शाखाका प्रमुख उमनाथ तिमिल्सेनाले जानकारी दिनुभएको छ ।
लम्कीचुहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लव बहादुर शाहीले राहत रकम हस्तान्तरण गर्नु भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत लम्कीचूहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लव शाही , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. लम्कीका शाखा प्रबन्धक उमनाथ तिमल्सेना , स्थानीयबासीहरूको सहभागीतामा राहत रकम हस्तान्तरण गरिएको हो ।
बाकी भिडियोका लागि पलपल अनलाइन टिभीको युटुब च्यानलमा हेर्न सक्नुहुन्छ ।



