किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ९ प्रतापुरमा बिहीबार सम्पन्न भएको छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य जयरुप बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा सञ्चालक समिति सदस्यहरू शिव बहादुर स्वार , पतिराम चौधरी , रेडक्रस सोसाइटी प्रतापुरका सभापति खडग चौधरी , वडा नं ९ का वडा सदस्यहरू , जाानकी गा.पा. वडा नं २ का वडा सदस्य , किसान बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक , प्रहरी सहायक निरीक्षक धनसिंह कार्की , सशस्त्र प्रहरी असइ , किसान बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीहरू , किसान बहुउद्देश्यीय सहकारीमा आबद्ध सदस्यहरू , प्रतापुर शाखाका कर्मचारीहरू लगायतको सहभागीता रहेको थियो । विभिन्न केन्द्रमा आबद्धहरूलाइ सम्मान गरिएको थियो ।
यसैगरी एसइइमा उत्कृष्ट नतिजा ल्याउने दुइजना विद्यार्थीहरूलाइ सम्मान तथा नगद पुरस्कार समेत प्रदान गरिएको थियो । किसान बहुउद्देश्यीय सहकारी संस्थाले किसानको पक्षमा काम गरिरहेको छ ।
सदस्यहरूलाई समस्या पर्दा समेत किसान बहुउद्देश्यीय सहकारी सहयोगीको रुपमा काम गरिरहेको छ ।



