Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चैत्र १० गतेदेखि १६ गतेसम्म चिसापानीमा बीच भलिबल प्रतियोगिता हुँदै

चैत्र १० गतेदेखि १६ गतेसम्म चिसापानीमा बीच भलिबल प्रतियोगिता हुँदै

  • समाचार
  • चैत्र ३, २०७९ शुक्रवार २०:४४ बजे
  • 1.1K
    SHARES
  • चैत्र १० गतेदेखि १६ गतेसम्म चिसापानीमा बीच भलिबल प्रतियोगिता हुँदै

    २०७७ सालमा सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय पालिकाबीच अन्तरपालिका पुरुष बीच भलिबल प्रतियोगिता खेलाउन सफल चिसापानी एडभेन्चर रिसोर्ट पितमारी कैलालीले कसैले पनि सहयोग नगरेका कारण ब्यक्तिगत रुपमा २० लाख रुपैयाँ क्षति व्यहोर्नु पर्‍यो ।received_5801864573244135.jpeg

    उक्त प्रतियोगितामा १८ वटा टिम सहभागी थिए। प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजारका साथै ट्रफी , मेडल र प्रमाण पत्र समेत बितरण गरिएको थियो।

    उक्त अवधिभर खेलाडीलाई खाना र बस्न सबै नि: शुल्क व्यवस्थापन चिसापानी एडभेन्चर रिसोर्टका सञ्चालक तपेन्द्र रावलले गर्नु भएको थियो।received_716359109973128.jpeg

    यस्तै यसपाली पनि बिच भलिबल राष्ट्रब्यापी रुपमा चैत्र १० गते देखि १६ गतेसम्म उक्त स्थानमा ३३ वटा टिमको सहभागिताको सुनिश्चिता हुने गरि कार्यक्रम तय भइरहेको गायक तपेन्द्र रावलले जानकारी दिनु भएको छ । जसमा प्रत्येक प्रदेशबाट ३ गरि ७ प्रदेशबाट २१ टिम र ९ वटा ब्यवसायिक क्लबबाट र ३ अन्य गरि ३३ टिमको सहभागिता हुने आयोजकले जानकारी दिनुभयो।

    यस्तै पछिल्लो समयमा टिकटकमा भाइरल गीत है जिरा फुल्याको छैइ क्याको लागत ११ लाख ८६ हजारमा निमार्ण गर्ने लक्ष्य लगेको गितको लागत २६ लाख ७६ हजार पुगेको गायक तथा निर्देशक तपेन्द्र रावलले बताउनुभयो । समय र गितले मागेको मर्म र भावलाई पर्दामा उतार्न मुम्बईमा समेत सुटिङ गरिएको छ।

    पर्यटन प्रवर्द्धन गर्न बनाइएको गितका लागि निर्देशक स्वयंमले स्थानीय , प्रदेश र संघीय मन्त्रालय तथा बिभाग धाउँदा समेत कुनै सहयोग नपाएको गुनासो गरेका छन् । अहिले नेपालका ख्याति प्राप्त कम्पनीसँग कुराहुँदा पनि स्पोन्सर गर्न नसकिने जानकारी प्राप्त भएकाले यो गितको रिलिज गर्ने दिन आर्थिक अभाबले अनिश्चित जस्तै भएको छ।

    निर्देशक/ गायक तथा सर्जकले अहिले पनि स्पोन्सर कम्पनीसँग सहयोगको लागि हार गुहार गरिरहेका छन। संभव भएसम्म चैत्र ६ गते है जिरा फुल्याको छैक्या गीत सार्वजनिक गर्ने संभावना भने रहेको छ ।

  • सम्बन्धित विषय:

  • # लम्कीचुहा नगरपालिका
  • # चिसापानी

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images