Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चुनाव गराउँदा संविधान मिचिँदैन : प्रधानमन्त्री ओली

चुनाव गराउँदा संविधान मिचिँदैन : प्रधानमन्त्री ओली

  • समाचार
  • फाल्गुण ७, २०७७ शुक्रवार १३:५० बजे
  • 535
    SHARES
  • चुनाव गराउँदा संविधान मिचिँदैन : प्रधानमन्त्री ओली
    • कर्णाली भ्यूज

    प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ७१ औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा गरेको साहित्यीक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिर्दै गर्दा पनि आयोगले अहिलेसम्म कार्यतालिका समेत प्रकाशित गर्न नसकेको भन्दै आयोगले सन्तोषजनक तयारी गर्न नसकेको बताएका हुन् ।

    उनले पुष ५ गते निर्वाचन घोषणा गरेपछि पुष ६ गते नै आयोगका पदाधिकारीलाई निर्वाचनको तयारी गर्न भनेपनि निर्वाचनको सोचेजस्तो तयारी हुन नसकेको बताए । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्नेगरि तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गरे ।

    उनले देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षडयन्त्रले निर्वाचनलाई रोक्न नसक्ने स्पष्ट पारे ।

    प्रधानमन्त्री ओलीले केहि तत्वले मुलुकलाई अस्थीरताको चक्रव्युहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे । उनले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफुले प्ररास्त गरेको बताए।

    ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उनको भनाई छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीले प्रचण्ड–नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै उनले आफु झगडियाको बीचमा नपर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले मुलुकलाई एकसुत्रमा बाध्ने र लोकतन्त्रलाई सुदृढ बनाउने अभियानमा आफु अघि बढ्ने जिकिर गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले कविता तथा निवन्ध प्रतियोगिताका बिजयीहरुलाई पुरस्कृत गरेका थिए भने बिभिन्न सास्कृतिक पहिचान झल्कने नाँच प्रदर्शन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # #kpoli

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images