प्याकुरेल सेवा समाज कैलालीको प्रथम वार्षिक साधारणसभा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ लम्कीमा शनिबार सम्पन्न भएको छ ।
प्याकुरेल सेवा समाज कैलालीका अध्यक्ष विष्णुप्रसाद प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा प्याकुरेल सेवा समाजका केन्द्रीय सदस्य मोतीलाल प्याकुरेल र नन्दकृष्ण प्याकुरेल , प्याकुरेल सेवा समाजका सल्लाहकारहरू विष्णुकान्त प्याकुरेल , कर्ण प्रसाद प्याकुरेल , देवलाल प्याकुरेल , पुर्ण बहादुर खत्री प्याकुरेल , प्याकुरेल सेवा समाजका उपाध्यक्ष जगत प्याकुरेल लगायत प्याकुरेल सेवा समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो । कार्यक्रममा प्याकुरेल सेवा समाजका केन्द्रीय सदस्यहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्याकुरेल सेवा समाज कैलालीका वरिष्ठ उपाध्यक्ष भानुभक्त प्याकुरेलको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन प्याकुरेल सेवा समाज कैलालीका सचिव दिपेन्द्र खत्री प्याकुरेलले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले प्याकुरेल सेवा समाज कैलालीलाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याकुरेल सेवा समाजले आफ्नो एकताका लागि प्याकुरेल सेवा समाज बनाउनु राम्रो कुरा भएको बताउदै यसले पारिवारिक रुपमा एकता , बन्धुत्वको भावनामा सहयोग पुग्ने बताउनुभयो । प्याकुरेल सेवा समाज कैलालीले आफ्नो कुल पुजाका लागि मन्दिर निर्माण कार्य गरिदिन राखेको मागलाई नगर प्रमुख शाहीले नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो ।
प्याकुरेल सेवा समाज कैलालीले स्थापना कालको छोटो समयमा सामाजिक काम समेत गरिएका छन् । जसमा प्याकुरेल सेवा समाज कैलाली शाखाको विधान तथा विनियम अनुरुप दर्ता , प्याकुरेल बन्धुहरूको सहयोगबाट बौनिया स्थित साहारा घरमा खाद्यान्न , लत्ताकपडा फलफूल दिएर मानवीय सहयोग , बन्धुहरूको स्वर्गलोक हुँदा १३ दिनको सबै बन्धु जम्मा भएर श्रद्धाञ्जली कार्यक्रम गरि सम्झना स्वरुप फोटो फ्रेम दिने कार्य , बन्धु तथा बान्धवहरूको परिचयका लागि पुस्तावलीका लागि अग्रज अभिभावकहरूसँग सल्लाह तथा परामर्श लिने तथा बुझ्नेकाम , बन्धु तथा बान्धवहरूको आर्थिक उन्नति तथा प्रगतिका लागि बचत समुह समेत निर्माण गरिएको प्याकुरेल सेवा समाज कैलाली शाखाका अध्यक्ष विष्णु प्रसाद प्याकुरेलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाकी भिडियो पलपल अनलाइन टिभीको युटुव च्यानलमा हेर्नुहोला ।



