Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गोदावरी कृषि सहकारीद्धारा भैंसी वितरण

गोदावरी कृषि सहकारीद्धारा भैंसी वितरण

  • समाचार
  • चैत्र ६, २०७९ सोमवार १७:५१ बजे
  • 1.9K
    SHARES
  • गोदावरी कृषि सहकारीद्धारा भैंसी वितरण

    धनराज विक / चैत्र ६ धनगढी 

    गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले कृषकलाई भैंसी वितरण गरेको छ ।

    received_886609925900330.jpegस्वरोजगारबाट आयआर्जन गरि आत्मनिर्भर बन्नको लागि सोमबार सहकारीले मुर्रा जातको १४ वटा भैंसी र १ राँगो वितरण गरेको हो । सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत भेटरेनरी तथा पशुसेवा विज्ञ केन्द्रको १० लाख र सहकारीको १० लाख अनुदानमा सहकारीका शेर सदस्य कृषकलाई भैंसी वितरण गरिएको सहकारीका अध्यक्ष कृष्ण बिकले बताए ।received_3363043813919416.jpeg

    दुध बेचेर आम्दानी गरि जिविकोपार्जनमा सघाउ पुग्ने उद्देश्यले भैंसी वितरण गरिएको हो । गोदावरी नगरपालिकाको ओलानी क्षेत्र भैंसी पालनको लागि उचित भएकोले उन्नत जातको भैंसी पालनमा जोड दिएको बिकले बताए । भैंसी वितरण गर्नको लागि पार्दशिता होस् भनेर सहकारीले सुचना प्रकाशित गरेको थियो । भैंसी पालनको लागि निवेदन दिएकाहरुको मूल्यांकन गर्ने समिति बनाई अनुगमन गरेर छनौट भएकाहरुलाई भैंसी वितरण गरिएको बिक बताउछन् ।

    जमिन बाँझो नराख्ने गरि सहकारीका सदस्यलाई कृषितर्फ आकर्षण हुने कार्यक्रम समेत संचालन गरेको छ । प्रतिव्यक्तिलाई १४ सय रुपैयाको ९ प्रकारको बेमौसमी तरकारीको बिउँ वितरण समेत गरेको बिकले बताए । उनले भने –“ सहकारीका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउनकै लागि गतसाल २० वटा उन्नत जातको बाख्रा वितरण गरेका थियौ ।

    साथै प्लाष्टिक टर्नेल तथा थोपा सिचाई कार्यक्रम संचालन गरि मौसमी तथा बेमौसी तरकारी खेती गर्नमा सहकारीले सहयोग गरेको थियो ।” ५ वटा दुधदिने ९ वटा ब्याउने र एउटा राँगो वितरण गरिएको गरिएको उपाध्यक्ष बसन्ति विकले बताईन् । भैंसी वितरण कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा सदस्य कुमार सिंह बडैलाले ओलानीमा पहिलो पटक भैंसी वितरण गर्दा आफूलाई खुसी लागेको बताए । दलित समूदायको बाहुल्यता रहेको समाजमा व्यक्तिको जिवनमा सुधार आउने गरि सहकारीले धेरै राम्रो काम गर्दै आएकोले सहकारीको थप संस्थागत विकासमा सरकारको लगानी हुनुपर्ने उनले बताए ।received_788052808867645.jpeg

    सहकारीका सीता गिरी, सत्यदेवी कोली, शोभा टमट्टा, राधा बिक, भगुदेवी दमाई, इशरादेवी कामी, सुन्तला देवी कामी र राम बहादुर बिक लगायतकाले भैंसी पाएकाछन् । दुधदिने भैंसी पाएकी छु यसै भैंसीबाट मनग्य आम्दानी गरि भैंसी पालनको व्यवसाय गर्ने सुन्तला देवी कामीले बताईन् । नस्ल जातको राँगो पाएका राम बहादुर बिकले राँगाको राम्रो पालन पोषण गरि भैंसी प्रजनन् गराई आर्थिक कमाउने बताए ।

    सहकारीका अध्यक्ष कृष्ण बिकले धेरै राम्रो काम गरेकालेले अहिले समाजमा उनका कामको चर्चा र हुने गरेको बिक बताउछन् । सहकारीकी सदस्य राधा बिकले आफूले उन्नत जातको भैंसी पाउदा मन खुसी भएको बताईन् । मैले ब्याउने भैंसी पाएकी छु । यही भैंसीबाट आर्थिक आम्दानी गर्ने योजना समेत बनाएकी छु । उनले भनिन् –“पहिले समस्या पर्दा गाउँमा पैसा खोजेर मिल्दैन थियो । मिलेपनि चर्को ब्याज तिर्नु पर्ने बाध्यता थियो । अहिले सहकारी भएपछि समस्या टरेको छ र धेरै सजिलो भएको छ । मेरो काम गर्ने साहास र हिम्मत बढेको छ ।” विगतका दिनमा साहुबाट चर्को ब्याजमा ऋण लिने बाध्यताको सहकारीको स्थापना पछि अन्त्य भएको सहकारीका सचिब भिम बिकले बताए । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट १५ रुपैयाबाट बचत सुरु गरिएको संस्थापक अध्यक्ष टेक बिकले बताए ।

    दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरि सामाजिक कामको सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरि निरन्तर सहकारीले समाजमा राम्रो काम गर्दै आएको निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए ।

  • सम्बन्धित विषय:

  • # गोदावरी नगरपालिका कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images