Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

  • समाचार
  • चैत्र ४, २०७९ शनिवार १५:०९ बजे
  • 940
    SHARES
  • जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

    जनता आधारभूत विद्यालय जानकी गाउँपालिका वडा नं ९ अमरावती कैलालीको अभिभावक भेला चैत्र २ गते सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण स्वडारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनु भएको थियो ।received_586500143392662.jpeg

    कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले शिक्षाको गुणस्तर वृद्धि आजको प्रमुख आवश्यकता भएको बताउँदै गुणस्तर वृद्धिका लागि शिक्षक , अभिभावक र सरोकारवाला सबैको भुमिका रहेको बताउनुभयो ।

    कार्यक्रममा जानकी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी र शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी विशिष्ट अतिथि रहनु भएको थियो । विशिष्ट अतिथि वडा अध्यक्ष खकेन्द्र भण्डारी , शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी , अभिभावक संघका अध्यक्ष भीमबहादुर शाह , विन्ध्याबासिनी आधारभूत विद्यालय कटासेका अध्यक्ष विजय रावल , राष्ट्रिय मा.वि. पाताभारका प्रधानाध्यापक प्यारेन्द्र न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक टेकबहादुर सार्कीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक देविराम सापकोटा , वर्षका उत्कृष्ट शिक्षक धर्म बहादुर ओली , उत्कृष्ट विद्यार्थी कल्पना परियार , असल अभिभावक मोतिकला साउद ,कृष्ण रावल , पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर रावल , खेम बहादुर चन्द , रुप रावललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी छतिवन

    सामुदायिक वन उपभोक्ता समुह , हरियाली महिला सामुदायिक वन उपभोक्ता समुह , अमरावती सामुदायिक वन उपभोक्ता समुह , मानाकोटी कन्ट्रक्सन , रेखा निर्माण सेवालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त भेलाले

    खेमराज भाटको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा सदस्यहरूमा खुर्साने कामी , कमला विक , देवेन्द्र प्रसाद भाट , मदन चौधरी , टीका कुँवर रावल , विस्ना साउँद सदस्य रहेका छन् ।

    यस्तै भीम बहादुर शाहको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । जसमा सदस्यहरूमा दिल्ली रावल , यम बहादुर ओली , कृष्णा आउजी , मोतिकला साउँद , विरे दास , संगिता कुँवर , कृष्ण रावल , शोभा चौधरी सदस्य चयन गरिएका बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जानकी गापा कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images