Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बुवाको काजकिरिया नगर्ने छोरा सामाजिक प्रशंसा र प्रहारको चपेटामा

बुवाको काजकिरिया नगर्ने छोरा सामाजिक प्रशंसा र प्रहारको चपेटामा

  • समाचार
  • चैत्र ८, २०७९ बुधवार २१:०१ बजे
  • 1.9K
    SHARES
  • बुवाको काजकिरिया नगर्ने छोरा सामाजिक प्रशंसा र प्रहारको चपेटामा

    धनराज विक /चैत्र ८ धनगढी 

    बुवाको काजकिरिया नगर्ने गोदावरी नगरपालिका १० का गणेश विक यतिबेला सामाजिक प्रशंसा र प्रहारको चपेटामा परेकाछन् । बुवा अर्जुन विकको फागुन २५ गते मृत्यु भएपछि काजकिरिया नगरेकोले विक सामाजिक प्रशंसा र प्रहारको चपेटामा परेकाहुन् । रोजगारीको सिलसिलामा जेठो र माईलो दाजु भारतमा भएकोले मैले काजकिरिया गर्ने पारिवारिक सल्लाह भयो । तर म बुवाको किरिया नगर्ने पक्षमा उभिए । बुवाको किरिया गर्नुपर्छ भनेर पारिवारिक र सामाजिक दबाब भएपनि आफूले किरिया गर्न नमानेको गणेशले बताए ।received_732337385193590.jpeg

    बुवाको काजकिरिया गर्न नमानेपछि भारतमा रहेका दाजु घर आएपछि किरिया गर्नेे सल्लाह गरे । भारतबाट दाजु नआउँदासम्म दुई दिनसम्म शव घरमै राखियो । फागुन २७ गते दाजु घर पुगेपछि सोही दिन गोदावरीमा हिन्दु परम्परा अनुसार बुवाको अन्त्यष्टि गरिएको गणेशले बताए । बुवाको काजकिरिया जेठो दाजु शिव बहादुर बिकले गरेका थिए । पढेलेखेको भाईले धेरै कुरा बुझेको होला । तर भाइको कारणले समाजले हामीलाई धर्म बिरोधी भनेर आरोप लगाएको छ । समाजलाई देखाउनकै लागि पनि परम्परा मान्नुपर्ने दाजु शिब बहादुर विकले बताए ।received_896691611407604.jpeg

    त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट २०६८ सालमा ईङ्लिसमा एमएड गरेका विक ओलानीमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयका स्थायी शिक्षक हुन् । २०६५ सालदेखि शिक्षण गर्दै आएका विक जातीय छुवाछूत र कुसंस्कारका विरुद्ध परिवर्तनका पक्षमा आवाज उठाउदै आएकाछन् । म नास्तिक र भौतिकवादी भएकोले देखिने कुरामा मात्र विश्वास गर्छु । अदृश्य शक्ति ईश्वर, देवता भगवान,पुनर्रजन्म, स्वर्ग र नर्ग छन भन्नेमा मलाई विश्वास छैन् । शरीर मृत भएपछि केहीपनि थाहा नहुने भएकोले मृतकले पाउँछन भनेर समाजलाई देखाउनकै लागि आफूले काजकिरिया नगरेको गणेशले बताए ।

    उनले भने –“हिन्दुशास्त्र अनुसार कर्मकाण्ड गर्दा ब्राहमण समुदायको व्यक्तिले नगरेसम्म कुनैपनि कार्य सफल हुँदैन भनेर लेखेको उनले दावी गरे । दलित समुदायकोमा अछुत भनेर ब्राहमण आउदैनन् । मान्छेमा यस्तो विभेद गर्ने हिन्दु परम्पराको विरुद्धमा म उभिएको हुँ ।” गणेश विकका बाजे नयाँराम बिकले बनारसबाट मेर्टिक्स पास गरेका थिए । २५ वर्ष अगाडी बाजेको मृत्यु भएको विकले बताए । दलित समुदायमा धार्मिक परम्परा र कर्मकाण्डका सबैकाम बाजेले गर्थे । तीनै बाजेका नाती मैले बुवाको काजकिरिया नगरेपछि समाजमा एकतर्फ चर्को विरोध भईरहेको छ भने अर्कातर्फ सामाजिक विद्रोह गरेको भन्दै प्रशंसा भईरहेको उनले बताए ।

    आमा केशुदेवी विकले परम्परा सहि हो या गलत मलाई केही थाहा छैन् । जेठो र माइलो छोराले बुवाको किरिया गरे कान्छो छोराले नगर्दा दुःख लागेको छ । छोराका कारण समाजबाट धेरै कुरा सुन्नु परेको उनले बताइन् । ६२ वर्षिय चम्फा विकले गणेशको प्रशंसा गरिन् । उनको किरिया नगर्ने निर्णय आफूलाई राम्रो लागेको बताईन् । उनले भनिन् –“मेरो छोरालाई पनि मैले किरिया नगर्नु भनेर समाजका अगाडी भनेको छु । जिउँदो हुँदा रेखदेख नगर्ने व्यवास्ता गर्ने मरेपछि समाजलाई देखाउनकै लागि बाहुनलाई दानदक्षिणा दिने काम गलत हो ।” गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिंह बडैलाले धर्म निरपेक्ष देश भएपछि व्यक्तिको स्वतन्ताको कुरा भएको बताए ।received_132706106236095.jpeg

    कार्यपालिका सदस्य महोदेव कामी र वडा नम्बर १० का वडा सदस्य गंगाराम विकले बुवाको किरिया नगरेको भन्दै विरोध गरेकाछन् । शिक्षक कृष्ण विकले सामाजिक विद्रोह भएको बताए । परिवर्तनका लागि सामाजिक विद्रोह गरेका शिक्षक गणेश सरको पक्षमा म उभिएको छु ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images