Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अन्नपूर्ण बचत तथा ऋण सहकारीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

अन्नपूर्ण बचत तथा ऋण सहकारीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

  • समाचार
  • चैत्र १०, २०७९ शुक्रवार १९:३९ बजे
  • 1.6K
    SHARES
  • अन्नपूर्ण बचत तथा ऋण सहकारीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।

    received_1568090203687136.jpegसदस्यहरूसँग एक हप्तासम्म चैत्र ५ गतेदेखि सुरु भएको थियो । पछिल्लो समयमा सहकारीमा देखा परेका समस्याका विषयमा जानकारी गराइएको थियो ।

    received_525711299740277.jpegलम्की , पथरिया , बौनिया, चिसापानी , प्रतापपुर , गुलरा , बलिया र मुढामा रहेका शेयर सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रममा शेयर सदस्यहरू , संस्थाका सञ्चालक समिति , लेखा समिति , सल्लाहकार समिति सहभागी रहेका थिए ।received_6334390709938284.jpeg

    सहकारी संस्थाले गरेका गतिविधि , बचत , ऋण सम्बन्धी , भाका नाघेका ऋणीहरूको विषयमा छलफल भएको बताइएको छ । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष जयन्द्र प्रसाद जैसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।received_633617751920663.jpeg

    कार्यक्रममा सहजीकरण अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नवराज न्यौपानेले गर्नु भएको थियो ।received_747278913592784.jpeg

    अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था वि.सं २०६७ सालमा स्थापनाभई वि.सं २०७९ सालमा १३ औं वर्षमा प्रवेश गरेको संस्थाले हालसम्म सदस्यहरूलाई १२ करोडसम्म लगानी गरेको छ ।

    received_3149334952027104.jpegहालसम्म संस्थाले बचत तथा ऋण कार्यक्रम बाहेक , लघुवित्त , रेमिटेन्स , मलबिउजनको बिक्री वितरण , पशुबिमा , बाली बिमा लगायतका कार्यहरू गर्दै आइरहेको छ। हाल संस्थालाई थप प्रवृधि मैत्री बनाउनका लागि आफ्नै मोबाइल एप्लिकेसन , चेक सिस्टम लगायत प्रवृधिको उच्चतम प्रयोग गरेको छ ।

    received_205752552062281.jpeg हाल संस्थाको लम्कीमा प्रधान कार्यालय र बौनियामा सेवा केन्द्रबाट कारोबार गर्दै आइरहेको छ । हाल संस्थामा ३५ सय सदस्यहरू आबद्ध रहेका छन । संस्थाको आफ्नै भवन लम्कीचुहा नगरपालिका वडा नं २ को पुर्व पश्चिम राजमार्ग अन्तर्गत हाइवे नजिकै निर्माणाधीन अवस्थामा रहेको छ । सदस्य शिक्षा र वित्तीय साक्षरता कार्यक्रम संस्थाले निरन्तर गर्दै आइरहेको छ ।

    received_901474637790275.jpegसोही बमोजिम संस्थाले कार्यक्षेत्रमा रहेका सदस्यहरूलाई समेत सदस्य शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाबाट कारोबार गरेर राम्रो प्रगति समेत शेयर सदस्यहरूले गरेका छन् ।received_576324817795958.jpeg

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images