Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पर्यटकीय क्षेत्रको अवलोकन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पर्यटकीय क्षेत्रको अवलोकन

  • समाचार
  • चैत्र १५, २०७९ बुधवार २०:३२ बजे
  • 886
    SHARES
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पर्यटकीय क्षेत्रको अवलोकन

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गर्नु भएकोछ।IMG_20230329_203746_528.jpg

    रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गर्नु भएको हो । साथमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा , सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद , रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि , कर्मचारी , स्थानीयहरूको सहभागीता रहेको थियो । रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिन्छ । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।IMG_20230329_203735_948.jpg

    स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस निति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र क्षेत्रको विकास हुने र पर्यटन क्षेत्रले आर्थिक सम्वृद्विमा महत्त्वपूर्ण टेवा पुग्नेमा जोड दिनुभयो । सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा संभव भएसम्म सरकार आफैं पुगेर बुझ्ने र निति निर्माण गरेर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्री शाहले भने रामारोशन क्षेत्रमा आउने गतिलो बाटो छैन पर्यटक बस्न राम्रो होटेल छैन यसमा के गर्न सकिन्छ त्यो अध्यायन गरेर सरकार अगाडि बढने गर्ने उनले बताए । रामारोशन क्षेत्रमा प्राकृतिक र धार्मिक महत्व के छ भन्ने कुरा  बुझाउन जरुरी रहेकोमा जोड दिए ।IMG_20230329_210502_732.jpg

    यस्तै भौतिक पुर्वाधार विकास मन्त्री देउवाले विगतको सरकारले तल्लो तहका सरकारसँग समन्वय नगरेको देखिएकाले यसपटक स्थलगत अवलोकनका पहिलोपटक रामारोशन पर्यटकीय क्षेत्रमा पुगेको बताए । मुख्यतः सडकको समस्या भएको बताउँदै मन्त्री देउवाले सडकको स्थलगत अनुगमन गरिसकेको र अब मन्त्रालयमा गएपछि सबै पक्षसँग छलफल गरेर समस्या समाधान तर्फ अगाडि बढाइने बताए ।

    सुदूरपश्चिम प्रदेशसभा सदस्य साउँदले विगतमा के भयो भन्नेमा भन्दापनि आगामी दिनहरूमा परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।IMG_20230329_210502_961.jpg

    रामारोशन गाउँपालिकाका अध्यक्ष साउँदले स्थानीय तहले गर्न सक्ने अवस्था नरहेकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकासमा जोड दिने बताउनुभयो ।

    पर्यटकीय क्षेत्रको अवलोकन कार्यक्रममा पुर्व मन्त्री गोविन्द बहादुर शाह , जनप्रतिनिधिहरू , पुर्व जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो । यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जसको बिच भएर कैलाश खोला बग्दछ।यो सम्भवत अछामकै ठुलो चउर हो।VideoCapture_20230329-210344.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images