Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्ववियु निर्वाचन : टीकापुर बहुमुखि क्याम्पसमा नेविसंघबाट थापाको नेतृत्वमा मनोनयन दर्ता

स्ववियु निर्वाचन : टीकापुर बहुमुखि क्याम्पसमा नेविसंघबाट थापाको नेतृत्वमा मनोनयन दर्ता

  • समाचार
  • चैत्र १५, २०७९ बुधवार २१:४४ बजे
  • 1.3K
    SHARES
  • स्ववियु निर्वाचन : टीकापुर बहुमुखि क्याम्पसमा नेविसंघबाट थापाको नेतृत्वमा मनोनयन दर्ता

    सुदूरपश्चिम बिश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मनोनयन दर्ता गराएको छ । नेविसंघका तर्फबाट स्ववियू सभापतिका लागि नृप थापाको उम्मेदवारी दर्ता भएको छ ।received_768319784561991.jpeg

    स्ववियू सभापितका उम्मेदवार थापाले टीकापुर बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हक हितका लागि नेपाल विद्यार्थी संघलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन । उनले आफू विगत देखि नै विद्यार्थीका समस्या समाधानका लागि र क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थी राजनीतिमा सक्रिय रहेकाले स्ववियू निर्वाचनमा सम्पूर्ण विद्यार्थीले नेविसंघलाई मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    नेपाल विद्यार्थी संघमा प्रत्यक्षतर्फ सभापतिमा नृप थापा, सचिव मणिराज भट्ट र कोषाध्यक्षमा अनिता डगौरा थारूको उम्मेदवारी दर्ता भएको छ । नेविसंघले प्रत्यक्षमा सदस्यतर्फ कुलराज भट्ट, विनिता कैली कुश्मी, निशा शाह, सरोज कुमार धामी, प्रदीप चौधरी, पार्वती जैसी, इन्द्र बहादुर वि.क. र गिरेन्द्र बोहराको उम्मेदवारी दर्ता गरेको छ ।

    यस्तै नेपाल विद्यार्थी संघ समानुपातिकतर्फ सदस्यमा रविराज चौधरी, किरण साउँद, साक्षी भण्डारी, भरत बहादुर विष्ट, नरेश चौधरी, निस्तिमा अर्याल, प्रमोद जैशी र लक्ष्मण पाण्डेको मनोनयन दर्ता गराएका छन ।

    चैत्र २१ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका तर्फबाट चुनाव लड्ने उम्मेदवारको बुधबार मनोनयन दर्ता गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images