एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रम गरी मंगलबार देशभर वार्षिकोत्सब मनाइएको छ ।
उक्त अवसरमा कैलालीको लम्कीमा रहेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले लम्कीचुहा नगरपालिका वडा नं ७ मा रहेको बासघारी प्रा .बि .खरौलामा ५४ जना छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री कपि,पेन्सिल र कटहर लगायतका सामाग्री बितरण गरिएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर गौरवराज भाटको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा वडा नं ७ का वडा सदस्य अनिल चौधरी रहेका थिए । विशिष्ट अतिथिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख नवराज खनाल र विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर बटाला रहेका थिए । अतिथिमा वि.व्या.स. अध्यक्ष प्रकाश भुल , पुर्व वि.व्य.स. अध्यक्ष दिनेश चौधरी रहेका थिए ।
सफल यात्रामा हरेक कदम, हरेक प्रयासमा अथक साथ दिनुहुने आदरणीय अभिकर्ता ज्यु ,नियामक निकाय,प्रधान कार्यलयमा उच्च ब्यबस्थापक ज्युहरु तथा हामी माथि विश्वास दर्शाई हाम्रो मनोबल उच्च राखिदिने प्रत्येक शुभचिन्तकहरूमा शाखा प्रमुख नवराज खनालले कृतज्ञता ज्ञापन गरेका छन् ।
साथै कार्यक्रममा सहजीकर विद्यालय ब्यबस्थापन समिती,विद्यालय परिवार र एजेन्सी म्यानेजर सेर बहादुर विष्ट ,नलिना तिमिल्सिना ,सुनिता कडेल,शान्ति जैशी,दिपक परियार लगायतकाको सहभागी थिए ।



