Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आधुनिक युगमा मान्छे कस्तो हुनुपर्ने हो ?

आधुनिक युगमा मान्छे कस्तो हुनुपर्ने हो ?

  • समाचार
  • बैशाख ४, २०८० सोमवार ११:४७ बजे
  • 1.1K
    SHARES
  • आधुनिक युगमा मान्छे कस्तो हुनुपर्ने हो ?

    नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ । विश्वको आधा भन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्दछन् । सन् २०३० सम्ममा यो संख्या बढेर दुई तीहाई नजिक पुग्ने अवस्थामा छ । नेपालमा सहरी जनसंख्याको औषत बार्षिक वृद्धिदर ६.२५ प्रतिशत छ भने समग्र देशको जनसंख्या वृद्धिदर २.२५ प्रतिशत छ ।यहि प्रवृति रहे आउँदो दशकमा थुप्रै बस्तिको सहरीकरण हुनेछ र सन् २०३५ सम्ममा नेपालको आधा जनसंख्या सहरमा बस्नेछ । आधुनिकता आए संगै विश्वमा मानवता,दया,माया,करुणा तथा व्यवहारिकतामा बिस्तारै ह्रास हुँदै गईरहेको छ । टेलिफोन,टेलिभिजन,ईन्टरनेट,मोबाईल जस्ता संचारका माध्यामहरुको विकास र विस्तारले आधुनिकतामा सकारात्मक र नकारात्मक गरि दुई तरिकामा प्रभाव परेको देखिन्छ । संचारका माध्यामहरुलाई सहि तरिकाले प्रयोग गर्दा आर्थिक,सामाजिक,सांस्कृतिक तथा मनोबैज्ञानिक तवरले राम्रो हुन्छ ,तर नेपालमा यसको गलत प्रयोगले गर्दा बिभिन्न किसिमका जघन्य अपराध,घटना,तथा बिभिन्न तवरले ब्ल्याकमेलिङ्ग हुने जस्ता नकारात्मक प्रभाव परेका छन् । सानै उमेरमा पढ्दै गर्दा सञ्चारका माध्यामहरुको अधिकतम प्रयोग गरि चर्चित हुनको लागि समाजमा नकारात्मक प्रभाव पर्ने खालका क्रियाकलापहरु गर्ने,सानै उमेरमा बिहे गरि उमेर बढ्दै जाँदा बिचार नमिलि सम्बन्ध बिच्छेद हुन सम्म पुग्नु र पढ्ने उमेरमा बाल्यअवस्थामै मोबाईल ,टिभि साथीहरुको लहैलहैमा लागेर नशालु पदार्थ जस्ता चिजहरुको अधिकतम प्रयोग गरेर पढाईमा बाधा पुगी भविष्यमा खाडि मुलुक तिर पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु नेपालमा वर्तमान समयमा आधुनिकताको नकारात्मक पराकाष्टाको रुप हो भनि भन्न सकिन्छ ।

    आधुनिक युगमा मान्छे असल ,सभ्य,शिक्षित र व्यवहारिक हुनुपर्ने हो तर अहिलेको पुस्तालाई नियालेर हेर्ने हो भने बालबालिका देखि युवा सम्म हरेक ठाउँमा अराजकता मात्रै देख्न सकिन्छ । शैक्षिक रुपले ब्यक्ति गुणस्तरिय हुनुपर्ने हो , सबै प्रकारका सिकाईहरुमा सक्षम र सवालम्बी हुनुपर्ने हो ,प्रविधीको क्षेत्रमा नेपालको हकमा नागरिक र राष्ट्रले विकसित मुलुकहरु संग प्रतिस्पर्धा गरी नेपालको स्रोत साधनहरु वैज्ञानिक तवरले प्रयोग गरी आर्थिक समृद्धि एबम् विकासमा अगाडी हुनुपर्ने हो , हरेक सरकारी निकायहरुमा अब्बल जनशक्ति तैनाथ गर्नुपर्ने हो ! तर यसो नभई पहुँच,पावर,कमिशन,घुस को प्रावधानलाई विशेष तवरले ग्राहयता दिईएको पाईन्छ । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । अहिलेको सन्दर्भमा नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुन थालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ । यहाँ अनेकौ मौलिक पहिचान र संस्कारहरु रहेका छन् । हामी नेपालीको पहिचान भनेकै मौलिक संस्कृति र सम्पदा नै हुन् । ती मौलिक संस्कार संस्कृतिहरु धार्मिक विधिबाट नै सम्पन्न हुन्छ । त्यसैले धर्म, संस्कार र पहिचान कहिले पनि एक अर्काबाट अलग रहन सक्दैन । समयको प्रवाहसँगै गाउँघरका परम्परा, रीतिरिवाज र संस्कार क्रमिक रुपमा बदलिँदै जाँदा पुराना मौलिक संस्कृति हराउँदै गएका छन् । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सक्छौँ । समय सापेक्ष आधुनिक जीवन यापन गर्नु नराम्रो कुरा होइन । तर, आधुनिकताको नाममा आफ्नो देशको मौलिकता, स्थानीय संस्कार, संस्कृति, चालचलन भुल्नु चाही अवश्य पनि राम्रो होइन । अहिले हामीहरु आफ्नो देशमा पुर्खौदेखि मनाउदैँ आएको रीतिरिवाज, लोक संस्कृति, लोक बाजा, नृत्य भुलेर अनेकौँ विदेशी चाडपर्वहरुलाई आत्मसात गरेका छौँ । अब जन्म लिने सन्ततीहरुले त झन् आफ्नो पुर्खाहरुले गाउने ती पुराना मौलिकता बोकेका लोक गीत, बाजा, नृत्यको नाम समेत सुन्न पाउदैँनन् कि भन्ने अवस्था आउन लागिसक्यो । आधुनिकतावादले गर्दा हामीलाई वैशाख १ को नयाँ वर्ष भन्दा जनवरी १ को नयाँ वर्ष महान लाग्न थाल्यो । हो, जनवरी १ मा नयाँ वर्ष मनाउनै नहुने भन्ने होइन तर आफ्नो देशको नयाँ वर्ष वैशाख १ लाई भुलेरै बस्नु हुँदैन । अहिले त वैशाख १ मा बरु कतै मेला, महोत्सव लाग्दैन । अंग्रेजी नयाँ वर्षको जनवरी १ मा हामीले मेला महोत्सवको आयोजन गरेका हुन्छौँ । यसबाट आफ्नोपन मात्र गुमेको छैन, आधुनिकतावादले चौतर्फी घेराबन्दीमा पारेको छ ।आधुनिकतावादले गर्दा नै पनि कति ठाँउमा विकास भएको छ । तर, विकासको नाममा चाडपर्व रीतिरिवाजको विनाश गर्नु हुँदैन । आधुनिकतावादले पनि हाम्रो समाजमा सकारात्मक गतिविधिका साथसाथै नकारात्मक गतिविधि भित्र्या एको छ । संसार एक घर हो । यो एउटा घरमा धेरै परिवार छन् । एक परिवारको संस्कृति अर्को परिवारले पनि अवलम्बन गर्नुपर्छ । तर, आफ्नो संस्कृतिलाई छाडेर होइन, संस्कृतिका नाममा विकृति पनि भित्राउनु हुँदैन । अहिले संस्कृतिको नाममा विकृति पनि भित्रिएको छ । यसले गर्दा अर्थात् विकृतिले गर्दा संस्कृति हराउदै गएको छ । मानिसले भित्राएको विकृतिले मानव जगतमा नै असर पारेको छ । एक व्यक्तिको क्रियाकलापले अर्को व्यक्तिलाई गहिरो असरमा पारेको छ । मानव–मानव एक नै हुन् । तर पनि कता–कता आधुनिकतावादले पनि मानव जीवनमा असर पारेको देखिन्छ । नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार हो । तर, आज यो संस्कार धराशायी हुँदै गएको छ । आफ्ना तथा पराई कोही नभई सबैमा आफ्नै परिवार भित्रको सदस्यझैँ माया, सम्मान र आदर गर्ने संस्कारी स्वभाव नेपाली समाजको हो । आनत्मियता र अनुभवको साटासाट गर्ने संस्कार नेपाली समाजको अर्को गहना हो । नचिनेकै जो कोही भए पनि एकापसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो संस्कार नेपाली समाजको अर्को गहना हो । नचिनेकै जो कोही भए पनि एकापसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो संस्कार विश्वले नै नमुना मान्ने गर्दथ्यो । तर, आज नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुन थालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ । नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति भित्रिइसकेको हुँदा यसबाट नेपाली समाजलाई बचाउन आवश्यक छ । नेपाली समाजको जग नै पूर्वीय दर्शन भएकाले नेपाली समाज र संस्कृतिको संरक्षण र संवद्र्धन गर्न आधुनिकिकरणको प्रशिक्षण आवश्यक छ । यसका साथै नेपाली समाजमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिलाई हटाउँदै राम्रा र अनुसरणयोग्य संस्कार र संस्कृतिलाई अगाडि बढाउ्नुपर्छ ।हाम्रो संस्कृतिको संरक्षणले राष्ट्रिय गौरव बढाउँदछ । त्यसैले विकृतिमा अल्झिएर होइन, संस्कृतिमा बाँधिएर, पर्यटकहरूलाई आकर्षित गर्न सांस्कृतिक गतिविधिहरू तयार पार्न र प्रदर्शन गर्न आवश्यक छ । आधुनिकतावादमा लागेर नयाँ कुरा सिक्नु पर्छ र यसको नकारात्मक गतिविधिलाई छोडी सकारात्मक गतिविधिको अवलम्बन गर्दै नेपालको संस्कृति, कला, धर्म, साहित्यलाई भुलेर होइन, साथमा लिएर यिनीहरुको संरक्षण गर्नुपर्छ । जनताको जागरूकता, आधुनिक विज्ञान र प्रविधिको ज्ञानले हामीलाई हाम्रो संस्कृति संरक्षण गर्न मद्दत गर्दछ । हामीले हाम्रो सांस्कृतिको संरक्षण गर्नु पर्छ जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्छ । हामी सबै मिलेर आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्न ढिला गर्नुहुँदैन ।

     यसर्थः–वर्तमान युगको प्रमुख घटना वैज्ञानिक प्राविधिक क्रान्ति हो । वैज्ञानिक प्राविधिक क्रान्तिका कारण वर्तमान युग विगतको सम्पूर्ण युगभन्दा अलग छ । हामी यस्तो संसारमा बसिरहेका छौं, जुन विगतमा कहिल्यै थिएन । अहिलेको विज्ञान–प्रविधि ज्ञान (तर्क, गणित र भाषाशास्त्र) मा आधारित छ । अब ज्ञान, सिद्धान्त जोसँग छ, उहीँ शक्तिशाली हुन संभव भएको छ । पूर्वीय दर्शनको नीतिशास्त्रमा श्लोक छ– विद्याधनम् सर्व धनम् प्रधानम् । यो कुरा अहिले आएर यथार्थमा रुपान्तरण भएको छ । अहिले सिद्धान्त भयो भने एटमिक हतियारदेखि लिएर सम्पूर्ण वैज्ञानिक संरचना निर्माण गर्न संभव भएको छ । यसकारण पनि वैज्ञानिक समाजवादी क्रान्तिका लागि नयाँ क्रान्तिको मोडल विकास गर्न आवश्यक छ । विज्ञान–प्रविधि विगतमा पनि थियो । विज्ञान–प्रविधि उपकरण, यन्त्र हुँदै स्वचालनमा आइपुगेको छ । अहिलेको विज्ञान–प्रविधि मानिसलेभन्दा बुद्धिमत्तापूर्वक काम गर्न सक्छ । यो विगतमा कहिल्यै पनि प्रमुख उत्पादक शक्तिको रुपमा आएको थिएन, तर अहिले विज्ञान–प्रविधि प्रमुख उत्पादक शक्तिको रुपमा आएको छ र मानव श्रम उत्पादनको क्षेत्रबाट विस्थापित हुँदै गएको छ । यो असाधारण क्रान्ति हो । यसको संश्लेषण गर्नु अनिवार्य छ । समाजवाबारे गरिने विमर्श यदि बौद्धिक विलासका लागि गरिदै छैन् भने विज्ञान–प्रविधिले ल्याएको उत्पादन क्षेत्रको क्रान्ति, पुँजीवादी व्यवस्थाको चरित्रमा पारेको प्रभाव र सामाजिक सम्बन्धहरुमा आएको फेरबदलतर्फ केन्द्रीत गर्न जरुरी छ ।

    लेखक: हेमन्त बहादुर शाह ( कैलाली ) 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images