Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गौरीगंगा नगरपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

गौरीगंगा नगरपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

  • समाचार
  • बैशाख ४, २०८० सोमवार २०:३४ बजे
  • 994
    SHARES
  • गौरीगंगा नगरपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

    कैलालीको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राविधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम चौमालामा सुरु भएको छ।

    न्यायिक समिती सदस्य मदन नेपालीको सभापतित्वमा सुरु भएको उद्द्घाटन कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट,उप-सचिब हरिस पन्त,नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी(बाजे) लगायत रहनु भएको थियो।

    कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय स्तरमा हुने सानातिना झै-झगडा र बिबादहरुको त्यही समुदायमा मेलमिलापकर्ता हरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा शान्ति ,सौहार्द,भाईचारामा अभिबृद्दी गर्न मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन।

    तालिममा गौरीगंगा नगरपालिका १-११ वटा वडाबाट २५ जना सहभागी रहेका छन। तालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषदले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप,बिबादका श्रोत तथा कारण,विवाद बढने चरण,समाधानका बैकल्पिक उपायहरु,मेलमिलापकर्ताहरुको गुण तथा भुमिका,सहजीकरण सिप,सोधपुछ वा प्रश्न गर्ने सीप लगायतका विषयहरु सिकाईनेछ।

    बैशाख ११ गते सम्म संचालित उक्त तालिमको सहजीकरण अधिबक्ता रोहित देउवा र गणेश कडायतले गर्नु भएको छ भने उक्त कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठकुल्लाले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images