Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पार्टीको गलत कदम विरुद्ध बोल्न सक्नुपर्छ : उपसभापति बडुवाल

पार्टीको गलत कदम विरुद्ध बोल्न सक्नुपर्छ : उपसभापति बडुवाल

  • समाचार
  • बैशाख १७, २०८० आइतवार २२:०० बजे
  • 1.3K
    SHARES
  • पार्टीको गलत कदम विरुद्ध बोल्न सक्नुपर्छ : उपसभापति बडुवाल

    नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नं १ को वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नं १ का सभापति प्रयागराज खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवाल प्रमुख अतिथि रहनु भएको थियो ।Screenshot_20230430-141410_Gallery.jpg

    कार्यक्रममा बोल्दै उपसभापति बडुवालले पार्टीमा भएका गलत कदम र व्यक्तिका विरुद्ध सबैले बोल्नुपर्ने बताए । पार्टीबाट जितेका जनप्रतिनिधिहरू इमानदार भएर जनताको काम गर्नुपर्ने बताउदै उपसभापति बडुवालले पार्टीका सबै तह र तप्काका व्यक्तिहरूलाई समान व्यवहार गर्न सुझाव दिए । उपसभापति बडुवालले पार्टीबाट अवसर पाएका जनप्रतिनिधिहरूले काम गरेरै देखाउनुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेस बाट जितेका जनप्रतिनिधिहरूले पार्टीको कुरा , क्रियाशील सदस्य , कार्यकर्ताको कुरा नसुन्ने गुनासो बढेको बताउदै उपसभापति बडुवालले यस विषयमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले गम्भीरतापूर्वक लिएको र उनीहरूसँग कुरा राख्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनेको बताउदै जनताको पक्षमा काम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । अबका दिनहरूमा थप जिम्मेवार बन्नुपर्ने तर्फ संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका कार्यकर्ताको दैलोमा ढकढक्याउन थालेकाले यसलाई हल्का रुपमा नबुझी संगठनका बारेमा विशेष ध्यान दिन आग्रह गरेका छन् । राजनीति समाजका लागि भएकाले सबैले सच्चा मनले गाउँ घरमा गएर जनताको सुखदुःखमा साथ दिनुपर्ने बताएका छन् ।

    साथै कार्यक्रममा विभिन्न संस्थामा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।FB_IMG_1682848927301.jpg

    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि , जिल्ला पदाधिकारी तथा सदस्यहरू , क्षेत्रीय पदाधिकारी तथा सदस्यहरू , नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरू , भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।FB_IMG_1682840401988.jpgFB_IMG_1682840412667.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images