फुड एग्रो प्रोडक्ट प्राइभेट लिमिटेड अर्जुनधारा - ५ झापामा राष्ट्रिय सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रेम कुमार पाण्डे रहेका थिए ।
अतिथिमा प्रबन्ध निर्देशक बालकृष्ण गौतम रहेका थिए ।कार्यक्रममा नेशनल म्यानेजर देवराज राना , बाके बर्दिया इन्चार्ज प्रकाश शाह , बुटवल प्रमुख रवि चुडाली , दाङ प्रमुख पवन पौडेल , सुर्खेत प्रमुख शान्ति प्रसाद जोशी लगायतकाको सहभागीता रहेको थियो ।
फुड एग्रो प्रोडक्ट प्राइभेट लिमिटेडले एमटिआर , एटीएम बदाम , अर्जुन धारा , रेड अप , रेस एफ ए पावर , सिम्पिली प्लस , फ्रुट जब , फ्रुट रस लगायतका प्रोडक्ट उत्पादन गरेर बजारमा बिक्री वितरण गरिरहेको छ । उत्कृष्ट जुस उत्पादनहरू हुने भएकाले बजारमा माग समेत बढ्दो क्रममा रहेको छ ।




