Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल बजार बिक्री प्रतिनिधि संघको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न

नेपाल बजार बिक्री प्रतिनिधि संघको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न

  • समाचार
  • बैशाख ३०, २०८० शनिवार २१:५२ बजे
  • 1.8K
    SHARES
  • नेपाल बजार बिक्री प्रतिनिधि संघको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न

    नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की कैलालीद्वारा आयोजित नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा वन भोज कार्यक्रम आमपानी पिकनिक क्षेत्रमा शनिबार सम्पन्न भएको छ ।Screenshot_20230513-215758_Photo Editor.jpg

    नेपाल बजार बिक्री प्रतिनिधि संघका इकाई अध्यक्ष रुपेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदम भट्टराई रहनु भएको थियो ।

    कार्यक्रममा अतिथिमा नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय सदस्य बसन्त बिसी , केन्द्रीय सदस्य टेक बम , सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेश श्रेष्ठ ,नेपाल वितरक संघका केन्द्रीय सदस्य तथा महास्पाइसका सञ्चालक मदनराज न्यौपाने , लम्कीचुहा उद्योग वाणिज्य संघका उपाध्यक्ष मनिष न्यौपाने , लम्की वितरक संघका अध्यक्ष युवराज न्यौपाने लगायत नेपाल बजार बिक्री प्रतिनिधि संघका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।IMG-20230513-WA0004.jpg

    कार्यक्रमको सञ्चालन निवर्तमान केन्द्रीय सदस्य रमेश भट्टले गरेका थिए भने स्वागत मन्तव्य प्रदेशका अर्थ सचिव प्रेम बटालाले गरेका थिए ।

    नेपाल बजार बिक्री प्रतिनिधि संघ लम्की इकाइ समेत गठन गरिएको छ । जसको अध्यक्षमा रुपेश के.सी , उपाध्यक्ष हृदयराज संज्याल , सचिव बिबस बुढा , अतिरिक्त सचिव डिल्ली लम्साल , सहसचिव प्रमोद मिश्र , सदस्य हिरूलाल चौधरी , सदस्य युबराज रिजाल , सदस्य रन्जित चौधरी , शुभास चौधरी निर्विरोध चयन भएका छन् ।IMG-20230513-WA0006.jpg

    कार्यक्रममा सहयोगी हातहरूमा हिक्मत बोहरा ( अम्रित डिष्ट्रीलरी प्रालि ) ,भिष्णा खड्का (टाइगर ब्रअरी प्रालि ),बासुदेव भट्ट (प्रान फुड्स प्रालि ) ,प्रकाश शाह (फुट एग्रो ई.प्रालि ),हिरुलाल चौधरी लम्की र चित्र न्यौपाने लम्की सहयोगी हातहरू सहभागी रहेका थिए ।IMG-20230513-WA0007.jpgIMG-20230513-WA0003.jpg

    नेपाल बजार बिक्री प्रतिनिधि संघले आमपानी पिकनिक क्षेत्रमा कार्यक्रम आयोजना गरेर पर्यटन प्रवद्वन तथा प्रचारप्रसारमा सहयोग पुगाउने मुख्य लक्ष्य रहेको केन्द्रीय सदस्य बसन्त बिसीले जानकारी दिएका छन् । यसभन्दा पहिले समेत कार्यक्रम आमपानी क्षेत्रमा भइसकेका छन् । आगामी दिनहरूमा समेत नेपाल बजार बिक्री प्रतिनिधि संघले विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल बजार बिक्री प्रतिनिधि संघ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images