Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल बैंक लिमिटेडको सुर्खेत शाखाको मुख्यमन्त्री शर्मा र प्रमुख पन्तद्वारा उद्घाटन

नेपाल बैंक लिमिटेडको सुर्खेत शाखाको मुख्यमन्त्री शर्मा र प्रमुख पन्तद्वारा उद्घाटन

  • समाचार
  • जेठ ३, २०८० बुधवार २१:२५ बजे
  • 2.6K
    SHARES
  • नेपाल बैंक लिमिटेडको सुर्खेत शाखाको मुख्यमन्त्री शर्मा र प्रमुख पन्तद्वारा उद्घाटन

    नेपाल बैंक लिमिटेड सुर्खेतको विरेन्द्र नगरपालिका ४ ऐरी चोकमा शाखा कार्यालय बिस्तार गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा र नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक कार्यक्रमका बीच शाखा कार्यालयको संयुक्त रुपमा मंगलबार समुद्घाटन गर्नु भएको हो ।IMG-20230517-WA0021.jpg

    कार्यक्रममा मुख्यमन्त्री शर्माले सहरमा मात्रै केन्द्रित नभएर स्थानीय तहमा पनि शाखा खोल्न सुझाव दिँदै शाखाले नाफामुखी नभइ सहज , सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सामाजिक विकास मन्त्री खड्ग बहादुर पोख्रेल, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्मा , भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री मंगल शाही , जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा लगायत जनप्रतिनिधि , समाजसेवी , व्यावसायी , सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।IMG-20230517-WA0004.jpg

    कार्यक्रममा पहिलो निक्षेपकर्ता मोतिसिंह भण्डारी र पहिलो विजनेश पार्टनर न्यु बराल किराना पसललाई सम्मान गरिएको थियो ।

    नेपाल बैंक लिमिटेड सुर्खेत शाखाका शाखा प्रबन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले मायाको चिनो प्रदान गर्नु भएको थियो ।IMG-20230517-WA0015.jpg

    विं स. १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त पहिलो वाणिज्य बैंक हो । आधुनिक बैंकिङ प्रणालीलाई अवलम्बन गर्दै आएको बैंकले बैंकिङ क्षेत्रमा सबै प्रकारका सेवाहरू उपलब्ध गराउदै आएको छ । डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको बैंकले कुल २ सय २६ शाखा मार्फत कारोबार गर्दै आएको छ भने १ सय १९ एटीएम , ५० वटा एक्सटेन्सन काउण्टर सञ्चालन गर्दै आएको छ ।

    कृषि , पर्यटन जलविद्युत जस्ता क्षेत्रमा सरकारको निति अनुसार प्राथमिकता क्षेत्रमा लगानी गर्दै आएको बैंकले युवा स्वरोजगार कार्यक्रम मार्फत  विदेशबाट फर्केकालाई सीपयुक्त जनशक्ति उत्पादनमा अन्य संस्थाको तुलनामा महत्त्वपूर्ण योगदान दिदै आएको छ ।IMG-20230517-WA0009(1).jpg

    नेपाल बैंक लिमिटेड सुर्खेत शाखाको समुद्वाटन कार्यक्रम सफल रुपमा सम्पन्न भएको नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख विश्वराज भण्डारीले जानकारी दिनु भएको छ ।IMG-20230517-WA0023(1).jpg

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक लिमिटेड

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images