Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगरपालिका स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

लम्कीचुहा नगरपालिका स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

  • समाचार
  • जेठ ६, २०८० शनिवार २१:४४ बजे
  • 742
    SHARES
  • लम्कीचुहा नगरपालिका स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

    लम्कीचुहा नगरपालिका स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी आज लम्कीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया, प्रतापपुर र चुहा उपशाखाको संयुक्त आयोजना तथा दीपेन्द्र माध्यामिक विद्यालय थपालीपुरको आथित्यतामा भएको गोष्ठी कार्यक्रममा लम्कीचुहा नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालय र लम्की बहुमुखि क्याम्पस गरी ३६ वटा जुनियर तथा युवा रेडक्रस सर्कलहरुबाट एक सय १८ जनाको सहभागिता रहेको थियो ।received_713185680493122.jpeg

    नेपाल रेडक्रस सोसाइटी बलिया शाखाका कार्य समिति सदस्य एवम् जुनियर तथा युवा रेडक्रस समितिका संयोजक देवानन्द न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति वासुदेव विनाडी र नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेश कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय रहनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कार्यसमिति सदस्य एवम् जुनियर तथा युवा रेडक्रस उपसमितिका उपसंयोजक एवम् आतिथ्य सर्कल दीपेन्द्र मावि थपालीपुरका प्रधानाध्यापक पर्स बहादुर चलाउनेको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्कीचचुहा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष सिद्दराज तिमिल्सैना, दिपेन्द्र माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष परेक हमाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य एवम् जुनियर तथा युवा रेडक्रस समिति कैलालीका संयोजक समेत रहनु भएका बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, कैलाली जिल्ला शाखका कार्यवाहक मन्त्री राकेश हमाल, लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।received_1404889663413716.jpeg

    कार्यक्रममा बोल्दै लम्कीचुहा नगर उप प्रमुख जुना चौधरीले विद्यालयमा गठित जुनियर/ युवा रेडक्रस सर्कलले मानवीय सेवाका साथसाथै बालविबाह न्युनिकरणका लागि समेत सक्रिय हुन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति वासुदेव विनाडीले बलिया, प्रतापपुर र चुहा शाखाले पालिका स्तरीय जुनियर तथा युवा रेडक्रसको गोष्टी आयोजना गरी रेडक्रस अभियानमा रेडक्रसकर्मिलाई जागरुप बनाएको भन्दै धन्यबाद दिनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदुरपश्चिम प्रदेशका कोषाध्यक्ष मोतिप्रसाद उपाध्यायले रेडक्रसको मेरुदण्डको रुपमा रहेको जुनियर तथा युवा सर्कलको क्षमता विकास गर्नका लागि नगर स्तरीय जुनियर युवा गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै गोष्ठीको आतिथ्यताको जिम्मा लिने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।received_1129064668485762.jpeg

    नेपाल रेडक्रस सोसाइटी कैलालीका कार्यवाहक मन्त्री राकेश हमालले आजका जुनियर तथा युवा रेडक्रसमा आबद्ध विद्यार्थि नै भोलीका रेडक्रस हाक्ने नेतृत्वमा पुग्ने बताउदै यस अभियानमा सक्रियताका साथ लाग्न सबै विद्यार्थिहरुलाई आग्रह गर्नु भएकाके थियो ।received_166530779441838.jpeg

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका लेखा अधिकृत मथुराप्रसाद तिमिल्सैना, बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले सहभागि जुनियर तथा युवा रेडक्रस सर्कलका पदाधिकारी तथा शिक्षक नायकलाई रेडक्रस अभियानका बारेमा जानकारी, जुनियर तथा युवा रेडक्रस सर्कलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी तथा विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका उपसभापति जगदिश्वर पण्डित , कोषाध्यक्ष गोबिन्द जोशी, सदस्य दिनेश लामिछाने, खेम जोशी , टोप केसी लगायतकाको उपस्थिति रहेको थियो ।received_1175902603093330.jpeg

    नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा जनता मावि गदरियामा आगामी जेठ २६ र २७ गते हुने कैलाली जिल्ला स्तरीय ३८औं जुनियर तथा युवा रेडक्रस गोष्ठीको तयारीका साथै रेडक्रसका विषयमा जानकारी दिने उदेश्यले कैलाली जिल्लामै शैक्षिक सत्र २०८० मा पहिलोपटक पालिका स्तरीय गोष्ठीको आयोजना गरेको नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा कैलालीका कार्यसमिति सदस्य एवम् जुनियर युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी गराउनु भएको छ ।received_6261087887263060.jpegreceived_927546708513824.jpeg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images