नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाँचौ अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ ।
नेपाल प्रेस युनियन लम्की कैलाली शाखाको शुक्रबार लम्कीमा सम्पन्न भएको अधिवेशनबाट नेपाल प्रेस युनियन लम्की शाखाको अध्यक्षमा परमानन्द पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ । कार्य समितिको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र प्रसाद खनाल , उपाध्यक्ष समावेशीमा रतनलाल चौधरी , सचिव विरेन्द्र शाह , कोषाध्यक्ष धर्मेन्द्र बिष्ट , सहसचिव दिपशिखा न्यौपाने , खुला सदस्यहरूमा हिक्मत प्रसाद उपाध्याय ,भरत भण्डारी , नवीन कुमार देवकोटा , गणेश बहादुर क्षेत्री , जनजाति सदस्यमा सुदराम दहित , सदस्यमा ज्योति सुनार , पवित्रा ढकाल र भरत थापा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक टेक बहादुर सार्कीले जानकारी दिनु भएको छ ।
निर्वाचन समितिमा नेपाल प्रेस युनियन लम्की शाखाका संस्थापक अध्यक्ष रंग प्रसाद तिमिल्सेना र शिक्षक उदयराम खनाल रहेका थिए ।



