गौरीगंगा नगरपालिका वडा नं-६,बनबेहडा,कैलालीलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय खोप ऐन २०७२ अनुसार १६ महिना देखि २३ महिना सम्म नियमित ९ खोप लगाएपछि पुर्ण खोप वडा घोषणा गरिएको आधारभुत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्यायले बताउनु भएको छ। कार्यक्रममा वडा सदस्यहरु सियाराम चौधरी,बाटु देबि बिक,टेक बोगटी,निबर्तमान वडा अध्यक्ष कमला शर्मा,सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्तराज जोशी (बाजे),बिणा ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष पुरन सिं कडायत,दृस्टी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष वीर बहादुर शाह,रानिफाँटा सामुदायिक बनका अध्यक्ष चक्र बोगटी,बिणा बिद्या मन्दिर प्र.अ.दल बोगटी,समाजसेवी दान बहादुर कुँवर लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा बोल्ने बक्ताहरुले वडालाई पुर्ण खोप घोषणा गरेर मात्र नहुने र सबै सेवाग्राहीले समयमा स्वास्थ्य संस्थामा आएर सेवालिन आग्रह गर्दै खोप कार्यले बालबालिकाहरुलाई रोगको संक्रमण हुन नदिने र यसले बाल मृत्युदरमा पनि कमि ल्याउन सहयोग हुने बताए।
आजको बच्चा स्वास्थ्य भए नेपालको भबिस्य उज्यालो हुने हुँदा यो खोज र खोप अभियान टोल केन्द्रित हुनुपर्ने मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) ले बताए। उक्त अवसरमा वडा नं-६,वडा कार्यालय द्वारा महिला स्वंयमसेबिकाहरु क्रमशः पार्बती शर्मा,कौसिल्या ओझा,बिर्कला रौले, कृष्णा खडका,संन्तोसी चौधरी र रामदासी चौधरीलाई पुर्ण खोप सुनिस्चितता कार्यक्रममा खेलेको भुमिकाको प्रसंसनिय कार्य बमोजिम सम्मान ब्यक्त गरेको छ।
कार्य संचालनमा टेवा पुगोस भन्ने हेतुले ६ थान दराज प्रदान गरेको छ। सहभागीहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गर्दै हस्ताक्षर गरेका छन। आधारभूत स्वास्थ केन्द्रका अध्यक्ष टेक बहादुर कुँवरको सभापतिवमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाप्रतिनिधि,टोलसंयोजकहरु,समाजसेवी,बुद्धिजीवी,स्वंयमसेवीका हरुको उपस्थिति रहेको कार्यक्रमको संचालन आधारभूत स्वास्थ केन्द्रका प्रमुख गणेश उपाध्यायले गर्नु भएको थियो।



