Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस रुपान्तरण अभियान कैलालीको लम्कीमा ,के भने नेताहरूले

नेपाली कांग्रेस रुपान्तरण अभियान कैलालीको लम्कीमा ,के भने नेताहरूले

  • समाचार
  • जेठ २५, २०८० बिहिवार २२:०४ बजे
  • 1.9K
    SHARES
  • नेपाली कांग्रेस रुपान्तरण अभियान कैलालीको लम्कीमा ,के भने नेताहरूले

    चन्द्र प्रसाद खनाल /लम्की जेठ २५, २०८० 

    "नेपाली काँग्रेस रुपान्तरण अभियान" को क्रममा कैलालीको लम्कीमा भेटघाट कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २६ गते हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा कैलालीको लम्कीमा भेटघाट कार्यक्रम गरिएको हो ।

    भेटघाट कार्यक्रममा महासमिति सदस्यहरू , महाधिवेशन प्रतिनिधिहरू , नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति तथा पदाधिकारी कार्य समिति , क्षेत्र नं २ का पदाधिकारी तथा सदस्यहरू , मोहन्याल गाउँपालिकाका सभापति तथा कार्य समितिका पदाधिकारी , जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरू , भातृ संगठनका प्रतिनिधिहरू सहभागीता रहेको थियो ।

    Screenshot_20230608-220009_Gallery.jpgअभियानका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी भित्र भएको अन्याय , अत्याचार र पिडा भएको बताउदै यसलाई सुधार गरेर रुपान्तरण गर्ने र अब पहिलेको जसरी नचल्ने भएकाले जनताको चाहाना र पार्टीका सदस्यहरूले चाहेको कांग्रेस बनाउने रुपान्तरण अभियानको मुख्य लक्ष्य भएको बताए । पार्टीको संगठन समाप्त पार्न पार्टीका केही तत्व लागेको बताउदै आचार्यले कांग्रेस पार्टी विधि , विधान र आदर्श अनुसार रुपान्तरण हुन नसकेको बताए ।VideoCapture_20230608-215917.jpg

    कार्यक्रममा बोल्दै कांग्रेस नेता गुरुराज घिमिरेले आफुहरूले सुरु गरेको रुपान्तरण अभियान कांग्रेसका नेता तथा कार्यकर्ताको विचार सुन्ने त्यसै अनुरुप नेतृत्व समक्ष जानकारी दिने उद्देश्य रहेको बताए । विपी कोइरालाले परिकल्पना गरेको पार्टी बन्न नसकेकोमा देशभर नेता कार्यकर्ताको चिन्ता रहेको बताउदै घिमिरेले पार्टी भित्र थुप्रै कमीकमजोरी भएकाले यसको सुधार गरेर अगाडि बढ्नुपर्ने सन्देश दिनका लागि यो अभियानको थालनी गरेको बताए ।VideoCapture_20230608-215855.jpg

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले कांग्रेसमा लागेपछि गाउँ केन्द्रित हुनुपर्ने र जनताको सुखदुःखमा सधैं साथ दिनुपर्ने बताए । नेता केसीले अहिले थालेको कांग्रेस रुपान्तरण अभियान कुनै समुहको , गुट उपगुटको नभइ समग्रमा आगामी दिनहरूमा कांग्रेस सुधार गर्ने अभियान रहेको बताए । केसीले यो अभियानमा अहिले सहभागी नहुनेहरू पनि एकदिन अवस्य जोडिने बताउदै साच्चिकै कांग्रेस सुध्रिनुपर्छ भन्ने नेता कार्यकर्ताहरू यस अभियानमा जोडिएका बताए । नेता केसीले अधिवेशनका समयमा आफ्नो नजिकका , क्रियाशील नभएकालाई सदस्यता दिने तर सक्रियता नहुने र राम्रो व्यक्तिलाई अगाडि आउन नदिने खेल मात्रै हुने गरेको स्पष्ट पार्नुभयो ।VideoCapture_20230608-215816.jpg

    कार्यक्रममा महिला नेतृ विष्णुदेवी पाण्डेले पार्टीमा राष्ट्रिय भाउजू हाबी भएकाले यसको अन्त्यका लागि सबै कार्यकर्ता एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएकी छन् ।VideoCapture_20230608-215841.jpg

    कार्यक्रममा सहभागी कैलाली क्षेत्र नं २ का नेताहरूले संघर्ष , योगदान , पार्टीमा गरेको त्याग तपस्याको सही मुल्यांकन हुन नसकेको धारणा राखेका थिए । Screenshot_20230608-220037_Gallery.jpgभेटघाट कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको छ । जेठ २६ गते शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाली कांग्रेस रुपान्तरण अभियान कार्यक्रम हुँदैछ ।Screenshot_20230608-220026_Gallery.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images